Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
साउदी अरबका सेना प्रमुख बर्खास्त, उच्च अधिकृतहरु पनि परे बर्खास्तीमा – BIG FM 101.2 MHz

Breaking News
Home » अन्तराष्ट्रिय » साउदी अरबका सेना प्रमुख बर्खास्त, उच्च अधिकृतहरु पनि परे बर्खास्तीमा

साउदी अरबका सेना प्रमुख बर्खास्त, उच्च अधिकृतहरु पनि परे बर्खास्तीमा

बिग खबर
पोखरा, १५ फागुन ।साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् ।

शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे ।

साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । साउदीको यो निर्णयबारे साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित गरे पनि कारण भने नखुलाएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार यमनमा युद्धको तेस्रो वर्ष अन्त्य हुनैलाग्दा त्यही युद्धको नेतृत्व गरिरहेका सेनाका अधिकारीहरु हटाइएका छन् ।

साउदी अरेबियामा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानको भूमिका मुख्य रहेको ठानिएको छ ।

साउदीले सेनामा महत्त्वपूर्ण कदम चाले पनि हटाइएका सैन्य प्रमुख र उच्च अधिकारीहरुको स्थानको पूर्ति भने गरेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार त्यसको पूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

शाही निर्णयअन्तर्गत राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएको जनाइएको छ । यसअघि विरलै महिलाको नियुक्ति हुने गरेकामा यसपटक श्रम तथा समाज विकास उपमन्त्रीका रूपमा एकजना महिला नियुक्त भएकी छन् ।

Check Also

अमेरिकामा पोखराकी बृन्दा सहित तीनको गोली हानी हत्या

वाशिङ्टन– अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का …