Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » साहित्यकार सायमी पितृ शोकमा

साहित्यकार सायमी पितृ शोकमा

साहित्यकार प्रकाश सायमी पितृ शोकमा छन् । सायमीका पिता रत्नदास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

मधुमेहबाट पीडित मानन्धरलाई दुई हप्ताअघि स्ट्रोक भएको थियो । उनलाई उपचारका लागि ललितपुरमा रहेको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिताको उपचारकै क्रममा निधन भएको जनाउँदै माहिला सुपुत्र सायमीले अन्तिम समयमा परिवारका सदस्य पिता साथमै रहेको जनाए । पिताको आइतबार नै नेवारी परम्परा अनुसार क्षेत्रपाटीमा रहेको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको छ ।

पितृ वियोगमा परेका सायमीलाई नेपाली संगीतका बारेमा विस्तृत जानकारी राख्ने ज्यूँदो इतिहासका रुपमा लिइन्छ । उनी सङ्गीत अन्वेषकसँगै अग्रज चलचित्रकर्मी, रेडियोकर्मी पनि हुन् ।

Check Also

पोखरामा पूर्व राजारानी बस्ने होटल यस्तो छ, २ हप्ता बसेर न्यू इयर मनाएर मात्र फर्कने !

पोखरा । पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह पोखरा आएका छन् । बुद्ध एयरको …