Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » एसईईको नतिजा पर्सी बुधबार सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा पर्सी बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं– एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको रातोपाटीलाई जानकारी दिए ।

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

Check Also

राजधानीमै डुबान, करीब सय जनाको उद्धार, बालकोट जोड्ने पुल बगायो

भक्तपुर –अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ । अरनिको राजमार्गस्थित राधेराधे …