Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।

शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।तर, नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।

Check Also

आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

२५ साउन,पोखरा ।नेपाली चलचित्र ब्ल्याक आउँदो भदौ १ गतेबाट देशै भर प्रदर्शनीमा आउने भएको छ …