Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » बिग एफएमको ‘प्रोग्राम चिफ’ मा तिवारी नियुक्त

बिग एफएमको ‘प्रोग्राम चिफ’ मा तिवारी नियुक्त

पोखरा, ७ असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को ‘प्रोग्राम चिफ’मा शंकर तिवारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रा.लि.ले तत्काल लागू हुने गरी बुधबार सो पदमा तिवारीलाई नियुक्त गरेको हो ।

विगत ६ वर्ष देखि एफएममा कार्यरत तिवारी ‘प्रोडक्शन हेड’ का रुपमा रहेका थिए । १२ वर्ष अघिदेखि सञ्चार क्षेत्रमा निरन्तर कार्यरत तिवारीसँग पोखराको हिमचुली एफएम, बाराही एफएम, माछापुच्छ्रे एफएम र सुनौलो एफएममा काम गरेको अनुभव छ ।

कार्यक्रम उत्पादनदेखि विज्ञापन तथा समाचारसम्म कार्य अनुभव रहेका तिवारी मिलनसार छन् । कार्यक्रम प्रमुखको जिम्मेवारी पाएपछि तिवारीले रेडियोको शाखलाई जोगाउँदै समयसापेक्ष कार्यक्रम प्रसारणमा आफ्नो जोड रहने बताए । ‘युवा केन्द्रित रहेर एफएमले कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक चाडपर्व लगायतका अवसरमा इभेण्ट आयोजना गर्दै आएको छ । यसलाई निरन्तरता दिँदै श्रोताका रुचीका आधारमा नयाँ कार्यक्रमहरु थपिनेछन् ।’ तिवारीले भने ।

प्रोग्राम चिफ् तिवारीले समाजका आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका रेडियोमैत्री व्यक्तित्व खोजी गर्दै रेडियोसँग सहकार्य गर्ने, श्रोताको सुझाव सल्लाहलाई सर्वोपरी ठान्दै सहकर्मीको साथमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

एफएमका अध्यक्ष महेश भण्डारीले युवा जोशका साथ नवनियुक्त प्रोग्राम चिफले आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । बिग आइकनलाई सफलतापूर्वक सम्पन्न गर्न तिवारीको भूमिका महत्वपूर्ण रहेको जनाउँदै भण्डारीले नयाँ भूमिकामा तिवारीको नियुक्तिले थप उर्जा मिलेको बताए ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …