Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
“शरद ऋतु” को रोमान्टिक गीत ‘ए सुन म भन्छु’ युट्युबमा सार्बजनिक (हेर्नुहोस भिडियो) – BIG FM 101.2 MHz

Breaking News
Home » मनोरञ्जन » “शरद ऋतु” को रोमान्टिक गीत ‘ए सुन म भन्छु’ युट्युबमा सार्बजनिक (हेर्नुहोस भिडियो)

“शरद ऋतु” को रोमान्टिक गीत ‘ए सुन म भन्छु’ युट्युबमा सार्बजनिक (हेर्नुहोस भिडियो)

५ भदौ,पोखरा ।आदित्य ठकुरीको निर्माणमा बनेको चलचित्र “शरद ऋतु” को शिर्ष गीत ए सुन म भन्छु नामक रोमान्टिक गीत बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज भएको छ ।उक्त गीतमा शब्द/संगीत गाएक/गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको रहेको छ भने गीतमा आवाज गाएक साजन खड्गी र गायिका योजना खड्गीको रहेको छ।

गीतलाई संगीत संयोजन बालकृष्ण सेवाचार्यको रहेको छ।गीतको सबै काम बनेपा स्थित फलटर स्टुडियोमा भएको हो। चलचित्रमा आदित्य ठकुरी, सारदा राई र फिबि खड्गीको अभिनय रहेको छ। चलचित्रमा कथा/संवाद/निर्देशन/ स्वरूप क्षेत्रीको रहेको छ।चलचित्रमा छायांकन रामचन्द्र बरालको छ भने चलचित्रलाई सम्पादन लेकसाइड भिडियो प्रोडक्सनका महेन्द्र पराजुलीले गरेका हुन।

गीतलाई दर्शकले अत्याधिक माया र साथ दिनेमा निर्देश्क स्वरूप क्षेत्री आशावादी रहेका छन् । लगतै भाद्र-९ गते स्वरुपकै शब्द/संगीतमा चलचित्रको अर्को गीत पनि रिलिज गरिने उनले जानकारी दिएका छन्  ।जसमा स्वर साजन खड्गी र योजना खड्गीको रहनेछ भने उक्त गीतमा पनि संगीत संयोजन फलटर स्टुडियोका बालकृष्ण सेवाचार्यको रहनेछ । मान्छे एक प्रतिभा अनेक भनिने बहुमुखी प्रतिभाका धनी स्वरूप क्षेत्रीका अनुसार यो चलचित्र तीज तिर सार्बजनिक गरिनेछ ।

हेर्नुहोस भिडियो

Check Also

सुटिङ सेटमा हरिहर अधिकारीको गर्लफ्रेन्डले गरिन् बबाल (भिडियोसहित)

बिग न्यूज पोखरा, २८ पुस । ज्योतिष हरिहर अधिकारी नायक बनेको फिल्म शुभ लभ को …