Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » तीन पुस्ताको कथा, ‘शत्रु गते’

तीन पुस्ताको कथा, ‘शत्रु गते’

बिग न्यूज्
पोखरा, १० फागुन । नेपालमा तीन पुस्ते अभिलेख राख्ने सरकारी चलन चलेको धेरै वर्ष भैसक्यो । र, अझैपनि यहि चलनले निरन्तरता पाईराखेकै छ । फिल्म शत्रु गतेको पोस्टर र अन्य प्रचार सामाग्री हेर्दा लाग्छ, यो फिल्म पनि तीन पुस्ताको कथामै बनेको छ ।

मदनकृष्ण–हरिवंशको पहिलो पुस्ता, दीपकराज गिरी अनि दिपाश्री निरौलाको दोस्रो पुस्ता र पल शाह–आँचल शर्माको तेस्रो पुस्ता । अनुमान गर्ने हो भने फिल्म शत्रु गतेको मुल कथा पनि तीन पुस्ताकै मत मतान्तरबीच बुनिएको हुनुपर्छ ।

पोस्टर रिलिजको बेलामा फिल्मको निर्देशकले थिम अनुसारनै फिल्मको पोष्टर तयार गरिएको बताएपछि त झन् तीन पुस्ते कथामा यो फिल्म बनेको भन्ने कुरालाई झन् बढि पुस्टी गर्छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ , किरण केसी , शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मको सार्वजनिक पहिलो गीत ‘रुपै मोहनी’ले युट्युबमा एक करोड प्लस भ्यू बटुलिसकेको छ । दोस्रो सार्वजनिक गीत पिरतीको बर्कोलाई पनि दर्शकले रुचाइरहेका छन् ।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको फिल्म शत्रु गतेको प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

Check Also

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) …