Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » लेखनाथको शिलशिला बोर्डिङ नचलाउन अदालतको अन्तरिम आदेश

लेखनाथको शिलशिला बोर्डिङ नचलाउन अदालतको अन्तरिम आदेश

पोखरा, साउन २३ ।पोखरा महानगरपािलका ३१ बेगनासस्थित शिलशिला बोर्डिङ स्कुलको नाममा अन्तरिम आदेश जारी भएको छ । शिलशिला स्कुलले अनमति प्राप्त गरी सञ्चालन भएको कुनैपनि संस्थागत विद्यालय नभएको भन्दै उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । निवेदक विक्रम सुवेदी र तोलाकान्त न्यौपानेले रिट दायर गरेका थिए ।

निवेदकको तर्फबाट अधिबक्ता द्धय कमलप्रसाद अर्याल र ठाकुरप्रसाद बरालले बहस गरेका थिए । माछापच्छ्रे गाउँपालिका ३ घाचोकमा कक्षा ३ सम्म सञ्चालन अनुमति पाएको हिमालय बोर्डिङ स्कुलको नाम परिवर्तन गरी शिलशिलाको नाममा विद्यालय सञ्चालनको अनुमति मागिएको थियो । २०७२ बाट हिमालय बोर्डिङ स्कुल सञ्चालनमा नरहेको जिकिर गर्दै रिट दायर गरिएको बताईएको छ ।

पोखरा महानरपालिकाले साउन ८ मा विद्यालय स्थानान्तरण गरी कक्षा ५ सम्म चलाउने अनुमति दिएपछि हाल विनिता कोइरालाले शिलशिला बोर्डिङ स्कुल सञ्चालन गर्दै आएकी छिन् । यो नामको स्कुल हालसम्म साविक जिल्ला विकास समिति र हालको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा दर्ता नभएको जिकिर गरेर रिट हालिएको हो ।

SOURCE-DNA NEPAL

Check Also

तनहुँका सांसद श्रेष्ठद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दमौली, २ पुस । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा …