Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » प्रदेश सरकारकोे देखिने काम:सिँचाई आयोजनाको शिलान्यास

प्रदेश सरकारकोे देखिने काम:सिँचाई आयोजनाको शिलान्यास

विशन क्षेत्री/पोखरा,भदौ २८ । प्रदेश सरकार गठन भएको ६ महिना पुरा भयो । ६ महिनाको अन्तरालमा केन्द्र सरकारले झैँ प्रदेश सरकारले पनि १ सय दिने कार्यप्रगती सार्वजनिक ग¥यो । कार्यप्रगतीमा नीतिगत उपलब्धि मात्र थिए । त्यतिबेला प्रदेशको सुरुवाती चरण र कानुन तथा संरचना अभावले देखिने काम गर्न नपाएको प्रदेश सरकारको गुनासो थियो ।

अघिल्लो साल वैशाखमा र चालु आर्थिक वर्षको लागि असार १ गते गरि सरकारले २ वटा बजेट समेत ल्याईसकेको छ । ऐतिहासिक बजेट भएतापनि प्रशासनिक संरचना र पूर्वाधारको लागि ल्याएको पहिलो बजेटबाट सरकारले देखिने काम गर्न सक्ने स्थिती थिएन । असार १ गते सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्यायो । सरकारले देखिने काम गर्न विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । तर, अझैपनि बजेट कार्यान्वयन गर्ने पर्याप्त सांगठनिक एकाई र कर्मचारी प्रदेशसँग छैनन् । प्रदेश सरकारले केन्द्रसँग संरचनागत कार्यालय र कर्मचारी मागिरहेकै छ । संघले पनि आलटाल गरि कर्मचारी विस्तारै पठाउँदै छ ।

गण्डकी सरकारले लिएको नीति, कार्यक्रम अनुसार बजेटको कार्यान्वयन गर्न पर्याप्त स्रोत साधन नभएतापनि कामचलाउ संगठनकै आधारमा सरकार बजेट कार्यान्वयनतर्फ अग्रसर बनेको छ । बिहिबार माछापुच्छ गाउँपालिका ८ स्थित पोउखोला–लुम्रे–सिमलवेशी सिँचाई आयोजनाको शिलान्यास भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सम्पन्न हुने यो आयोजना गण्डकी प्रदेश सरकारकै पहिलो विकासे आयोजना पनि हो ।

यो आयोजनाले उक्त वडाका २ सय घरधुरीको ४ सय रोपनी क्षेत्रफल जमिनलाई सिँचाई गर्नेछ । २८ वर्षअघि निर्माण गरिएको ढुंगेकुलोको मर्मत तथा जीर्णोद्वार हुँदा कुलोले आवश्यक पानी बहन गर्न सकेको छैन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले ढलान सहितको पक्की कुलो बनाउन यो आयोजनालाई कुल १ करोड १० रुपैयाँ लाख लागत लाग्ने बताएको छ । तर, चालु आर्थिक वर्षमा भने आयोजनालाई ४५ लाख रुपैयाँ मात्र विनियोजन गरिएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए ।

१.७ किलोमिटर लामो सिँचाई आयोजनाको प्रगती सन्तोषजनक देखिए चालु आर्थिक वर्षको असारसम्ममा नै निर्माणकार्य सक्ने र थप बजेट निकासा दिने उनले जनाए । यो आयोजनाको हालसम्म टेण्डर भने भएको छैन् । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख श्रीराम जोशीले उपभोक्ता समिति मार्फत नभई टेण्डर प्रक्रियाबाट काम गरिने जनाए । आयोजना सम्बन्धित उपभोक्ता समिति भएतापनि समितिमार्फत नभई टेण्डर आह्वान गरि योजना कार्यान्वयन गरिने जनाईएको छ ।

आयोजनाको शिलान्यास गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कान्छो (प्रदेश) सरकारको पहिलो योजना सफलतापूर्वक सम्पन्न गर्न स्थानीय तहले अनुगमन र समन्वय गर्नुपर्ने बताए । ‘यो योजना जनताको हो, प्रदेश सरकारको होईन, प्रदेश सरकारले जनतालाई सरकारको अनुभुती दिलाउन खोजेको हो’ उनले भने, ‘नयाँ सरकारसँग अभ्यस्त बन्न स्थानीय तह र जनताले पनि प्रदेश सरकारसँग समन्वय गर्न जरुरी छ ।’आयोजना सम्पन्न भएपछि स्थानीयले सिँचाईको सहज सुविधा पाउने र मौसमी खेतीबाट आर्थिक उपार्जन गर्न उनले सुझाव समेत दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थक बनाउने जिम्मा जनताहरुकै हो, जनतालाई प्रदेश सरकारले सघाउँछ, तपाईँहरु आर्थिक उपार्जनतर्फ लाग्नुहोस, प्रदेशले तपाईलाई आवश्यक सहयोग गर्नेछ ।’ बस्नेतले भने । धानखेतीको अलावा तरकारी खेती गरेर पनि गाउँबाटै राम्रो आम्दानी लिन उनले आग्रह गरे । प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले योजना कार्यान्वयनमा सबैले सघाउनुपर्ने बताए । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले प्रदेश सरकारको योजनामा ढिलासुस्ती नगरि समयमा नै सम्पन्न गर्न स्थानीय सरकारले सहयोग गर्ने बताए ।

Check Also

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु,९ जना घाइते

तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग …