Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » बार्सिलोना डेम्बेलेलाई बेचेर चेल्सीका हजार्ड भित्र्याउने सुरमा

बार्सिलोना डेम्बेलेलाई बेचेर चेल्सीका हजार्ड भित्र्याउने सुरमा

काठमाडौं,साउन ३ । बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ ।

हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् ।हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ ।

बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग कुराकानी गरिरहेको छ । तर चेल्सी अहिले सम्झौताको दह्रो स्थितिमा छ किनकि हजार्डले उक्त क्लबसँग गरेको सम्झौताको अवधि अझै दुई वर्ष बाँकी छ ।

Check Also

पोखरामा ‘सुवास द एक्रो पाइलट’को प्रदर्शन

रेम बिक पोखरा, २८ असोज । ‘एक्रो प्यारापाइलट’ सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास …