Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
“१३ औं सागमा पोखरामा सात खेल हुने”–राखेप सदस्य सचिब विष्ट – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद » “१३ औं सागमा पोखरामा सात खेल हुने”–राखेप सदस्य सचिब विष्ट

“१३ औं सागमा पोखरामा सात खेल हुने”–राखेप सदस्य सचिब विष्ट

पोखरा, २० भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ सहित सात खेल हुने बताएका छन ।खेलकूद पत्रकार मञ्च कास्कीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने जोड दिए ।

उनले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि प्याराग्लाईडिङ सहित सातवटा खेल सञ्चालनको सम्भावना बढेको बताए । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालमा हुने १३ औं साग खेलकूद प्रतियोगिता भौतिक संरचनाका कारण प्रभावित नहुने बताए । “हामीले यसका लागि सरकार संग यथासिघ्र प्रक्रिया थाल्न भनेका छौं” उनले भने–“करिव ४ देखि ५ अर्व खर्च लाग्ने अनुमान गरेका छौं तर त्यसको टुँगो भने लागि सकेको छैन ।” पूर्वाधार र राज्यको राम्रो सहयोग नभएका अवस्थामा समेत प्याराग्लाईडिङका खेलाडीले एसियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनले बताए ।

आगामी २०१८ नोभेम्वर १ देखि ५ मा पोखरामा हुने अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ च्याम्पियन प्रतियोगिता अन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैया विनियोजन समेत गरिएको सदस्य सचिव विष्टले जानकारी दिए । सम्पन्न एसियाली खेलकूद प्रतियोगितामा नेपाल दक्षिण एसियामा दोश्रो र एसियामा ३३ औं स्थानमा रहेको बताउँदै उनले देशको गरिमासंग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माण लगायतमा दुई अर्ब भन्दा बढी लगानी भैसकेको र त्यसैलाई लक्षित गरी पोखरामा एक अर्व २९ करोड रुपैयाको लगानिमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रकृया अघि बढेको उनले उल्लेख गरे । उनले यसको टेन्डरका अन्तिम प्रक्रियाहरु केही दिनमा सकिने वित्तिकै ६ महिनामा काम सक्ने गरि कामको जिम्मेवारी दिने बताए ।

फोटोः सुदर्शन रन्जित

Source-Pokhara Sports

Check Also

पोखरा फुटबल रंगशालाको काम बल्ल अघि बढ्ने भो, कभर्डहल १५ महिनामा सक्नुपर्नेमा ५ वर्ष लगाउने कम्पनीलाई नै जिम्मा !

पोखरा । लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । …