Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » कामरेड, शहीदको घरमा कसरी जाउँ ?

कामरेड, शहीदको घरमा कसरी जाउँ ?

नीलकण्ठ तिवारी

मैले भूगोल र आत्मीयता नजिक भएका दुई शहीदका परीवार र छोराछोरीलाई सँम्झे । समयकालको भावनाले मात्र व्यवहार र परीणाम प्राप्त नहुने बेलिविस्तार लगाए पनि । विश्वास र निर्माणको जगमा प्रचण्ड यूगको उज्यालो अझै उनको अनुहारमा देखेपछि शहीद परिवारकोमा जाने उहाँको आग्रहलाई मैले अन्तत : निर्देशन मानेर जान तयार भएं ।

लुंगि वेरेर लौरो टेकेको मुन्छे घरको आँगनमा आइपुग्दा उनलाई मैले ठम्याउन सकिन । मेरो घरको छेउमा मन्दिर छ तर मुलबाटोबाट मन्दिर सम्म निस्कने गोरेटोमा झरेको पात पतिगंरले पनि कोही आउने छनक दिएका थिएनन् ।

गोँधुली वरपर मात्रै म र. स्यांजाका तारा भुसाल .उराम देखि घर आइपुगेका थियौं । खोर पोखरा, डुंड, चिलुवा, त्रिवेणी, स्यानो स्वामी (बगरको बाटो), हुवास, जैविरे, हुँदै घरसम्म आईपुग्दाको भेटघाट स्मरण र थकाई मेटान राम्रोसँग गर्न भ्याइएको थिएँन ।

जुंगा फरक ढङगले मिलाएको तर, लुंगी उहि पारामा भएकाले धेरै वर्ष अगाडि भेटेको मुन्छे नै हो की भनेर आशंका मलाई जब्बर भै सकेको थियो । घरी परीचित र घरी अपरिचित पूर्ण ठम्याई नभइसकेको साँझको पाहुनालाई सम्बोधन गरेर पिडीको खाटतर्फ बोलाउने तयारी गर्दागर्दै आगन्तुकले आफै भनिहाले ‘नीलम जी सँचै हुनुुहुन्छ !’ अब भने मलाई धेरै पटकको परिचित आवाजले सहज बनायो । म जीउ तन्काएर स्यालुट ठोँके । म सँग सुन्दर छोरो उभिरहेको थियो र तारा जी पनि हुनुहुन्थ्यो ।

आफू आएको २० मिनेटसम्म पनि मैले घरको दैलो खोलेको थिइँन । पीढिको बौना (लोटा) मा भएको पानी मैले र ताराजीले रित्याइसकेको हुँदा आगन्तुक पाहुनाका लागि पानी खुवाउने सोच्दै थिए । सुन्दर छोरा टोलाएर आगन्तुकलाइ हेरेको रहेछ । उसले भन्यो,–सैनिकले स्यालुट ठोके जस्तै ठोकेको हेरेर म त हेरेको हे¥यै भएछु । उसलाई भनिहाले –जा भित्र गएर पानी लिएर आइज त, सुन्दर दैलो घचेटेर भित्र गयो । उसले पानी खुवायो पनि । घटघटी पानी खाएको हेर्दै सुन्दरले भन्यो– अंकल मैले मुन्छे चिने नि !

‘ल भन्त’ मैले उसलाई सोँधे ।

-उहाकी आमा वीर अस्पताल भर्ना गर्दा २ पटक देखेको, भेटेको र हजुरसँग कुरा गरेको मलाई याद आयो ।

यसो भनिरहँदा आगन्तुकले चासोका साथ सुन्दरको ठम्याई पढिरहेका थिए ।

खाटमा सिरानीको अडेस लगाउन लगाएर मैले भ्रमणको जिज्ञासा राखेँ ।

-कामरेड अचानक तपाई आउनु भयो ! हाम्रो घर कसरी पत्ता लगाउनु भयो ? मैले सोधे ।

म, रोल्पा, प्युठान, गुल्मी हुँदै पूर्तिघाटबाट आएको थिए । तल बाटोमा आउदा साथ दाई ( जयनारायण तिवारी भनेको हुनसक्छ) को घर सोधेर म यहाँ आइपुगें । यहाँ आउँदा त तपाईसँग पो भेट भयो । धेरै भएको रहेछ भेटघाट हुन नपाएको पनि, काठमाडौंबाट कहिले आउनु भएको थियो तपाई ? आगन्तुकले सोधे ।

एक हप्ता भयो कामरेड ,आमा बिरामी भएर आएको थिए । मैले संक्षिप्त उत्तर दिए ।

तारा जी र मलाई भोक लागेकाले कामरेडलाई सोध्न आवस्यक नै ठानिन । पीढिको खाटमा साना तिना भलाकुसारी र स्मरण आदान प्रदान चलिरहे ।

बाहिर गफ गर्दागर्दै भित्र भात पाक्नेु हाम्रो घरको परंपरालाई विश्वास गर्दै ढोका खोलेर म भित्र गएको थिइँन ।

हाम्रो भलाकुसारीलाई राम्रोसँग सुन्दै होला भनेको त सुन्दर पनि कता गइहालेको रहेछ । म, ताराजी र तिनै श्रद्येय पाहुना कमरेड ३ जना गफ गर्दा गर्दै निदको लखेटाइमा परीसकेका थियौं । ज्यान भोको थियो । फेरि झ्यालबाट भित्र हेंरे, भित्रको चुलामो आगो बलेको देखिन । जुनीमा एकपटक पाइला टेकेका आस्थाका धरोहर भने भोकले सिरानी थिचेर यता र उता पल्टेको आफ्नै आँखाले हेर्न बाध्य भएँ ।

मेरो निधार चिट चिट भयो, पसीना र चापले मलाई अप्ठ्यारो महसुस भयो । म आफैं दैलो खोलेर मझेरीमा पुग्दा देखे । देवी,सीता र भगवती छोरीहरु भित्र निदाइरहेका रहेछन । मलाई रिस उठेको त थियो, तर रिसमा संयमता अपनाउनु पर्छ भन्ने मैले छोरीहरुलाई गाली गर्न सकिन र अनुरोध गरे ।

‘देवी उठ त छोरी, भात पकाउ त । अघि नै भन्न बिर्सिएछु । तिमीहरु पनि बाहिर हेर्न गएनौं मैले पनि भनिन् । सुन्दरले भन्यो होला नी भनेको त यस्तो बर्बाद भयो । ७ नबज्दै आएका पाहुनालाई १० बजेसम्म खाना खुवाउन नसक्दा पीडा थेगिनसक्नु थियो । देवी अझै उठ्न आलटाल गरी । मैले फेरि भने,– तिमीलाई अल्छी लाग्छ भने भनन् छोरी, चामल र दाल कता छ देखाइ देउ त, आगोसम्म बाल त !’

मैले यति भन्दासाथ देविले कडा उत्तर दिई–भात त कति खुवाईयो कति खुवाईयो, यिनीहरु……..लाई ।

ठूलै स्वरमा अपमानजनक शब्द निकाल्ने छनक देखेपछि मैले ‘चुप’ भने । सीता र भगवती जुरुक्क उठेर भने–क्रान्ति र भ्रान्ति जे भए पनि पछि कुरा गरौँला खाना त पकाउनु प¥यो नी !

अन्तत : तीनै छोरी मिलेर भात पकाउन शुरु गरेपछि म बाहिर खाटमै आएँ । कामरेड निदाई सक्नु भएको रहेछ । लगभग आधा घण्टा म पनि सँगै पल्टेछु । खाना पाकेर पस्केपछि छोरीहरु उठाउन आए ।

निद्राको कमाण्डभित्रै भात खाएको हुनाले भात खाँदाको कुरा धेरै बिर्से पनि । भोक र लखतरानबाट त्राण पाएजस्तो अनुभुति हामी तिनैजनाको रह्यो । तथापि कामरेडहरुले आफैं कुरा निकाल्नु भयो, ‘ यो विचमा धेरै नभेटेपछि तपाइले पु¥याउनु भएको योगदान बारे सूचना पाइरहेको छु, तपाइको पुरै परिवार यो आन्दोलनमा लागेकै हो । त्यसकारण नै त हो । म यहाँ आएको बरु दाजू कता हुनुहुन्छ खोई ?’

मलाई थाहा थियो, कमरेडले दाईलाई प्रत्यक्ष चिन्नु भएको छैन । आन्दोलनको प्रणाली ठिक बनाउन सकेको भए दाइ आफैँ चिनिनु पर्ने मान्छे हो । मेरो मनमा यस्तो चलेकै बेला नेत्र अधिकारी, ठुल्दाइ (जयनारायण) उदय दाइ, नारायण दाइ, रेशम सापकोटा, र भरत दाइ लगायतका कमरेड लस्करै आउनु भएको रहेछ । उहाँहरु पार्टीको बैठक कतै सकेर सरासर आउनु भएको रहेछ । पाहुनालाई त प्रायले चिन्नु भयो र उहाँहरु पनि झस्किनु भयो । मैले परिचय गराएँ । सबै साथीहरुको आगमनपछि भने पाहुँना सँग मैले केहि जिज्ञासा थपे ।

सामाजिक न्याय र समाजवाद जोडिएको कुरा सस्मरण गराए । सामुहिक संस्कृति संस्थागत नभएको कारण आन्दोलनले व्यहोरेको ठूलो धक्का बारे उदाहरण सहित पेश भएँ । पार्टीभित्रै न्याय नहुन्जेल सामाजिक न्याय नहुने दलिल राखें । आत्मसमर्पण, बिलय वा एकताका जिज्ञासा आए । उहाँले सुन्नु भयो र एक शब्दमा भन्नु भयो, ‘यि सबैको समिक्षा र शस्लेषण सहित नयाँ ढंगले जानैपर्ने बाध्यता आईपुग्यो, ल भन्नुस् त यसको विकल्प ?’

विशिष्ठ पाहुँनाले प्रतिप्रश्न गर्दै अन्य कामरेडहरुको जिज्ञासालाई समेत सम्बोधन गर्नुभयो । उहाँप्रति अगाध आस्था हुँदा हुँदै पनि उहाँको जवाफमा चित्त बुझेको चाँहि थिएन । आन्दोलनको उठान देखि यस प्रकारको बैठानसम्मका धैरै उतारचढावका बिषय पनि उठे । तथापि कामरेडले भनेजस्तै मेरो थप जिज्ञासा पनि विकल्पविहिन भइसकेको थियो ।

रातको १ बजे जुरुक्क उठेर फेरि कमरेडले मलाई ब्युझाउदै भन्नु भयो- ‘नीलम जी भोली शहीद परिवारकोमा भेटघाट मिलाउनुस् न’ यस्तो भावनाको प्रस्तावमा पनि मैले हलुका ढङ्गले प्रतिक्रिया दिए– कामरेड म शहीद परिवारकोमा कसरी जाउँ ?

मैले भूगोल र आत्मीयता नजिक भएका दुई शहीदका परीवार र छोराछोरीलाई सँम्झे । समयकालको भावनाले मात्र व्यवहार र परीणाम प्राप्त नहुने बेलिविस्तार लगाए पनि । विश्वास र निर्माणको जगमा प्रचण्ड यूगको उज्यालो अझै उनको अनुहारमा देखेपछि शहीद परिवारकोमा जाने उहाँको आग्रहलाई मैले अन्तत : निर्देशन मानेर जान तयार भएं ।

कामरेडले भन्नु भयो-‘भोली बिहान ५ बजेको अलाराम लगाउनुस् हैं ।’

‘हस कामरेड’ मैले जवाफ दिन नपाउदै अलाराम बज्यो । आस्थाका प्रचण्डलाइ उठाउन के खोज्दै थिए चाबहिलको कोठामै पो रहेछु ।

Check Also

दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)

अशोक विश्वकर्मा पोखरा, कार्तिक ११ दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । …