Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » ‘सुश्री सम्पत्ति’को छायाँकन सुरु

‘सुश्री सम्पत्ति’को छायाँकन सुरु

बिग खबर
पोखरा, १५ फागुन | रंगपत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरुवात गरेका छन् ।

गंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभमुर्हत गरियो ।

कमेडी सहित प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कि बिशेष भुमिकामा देखिदै छिन्

फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्न गरिने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गितको छायाँकन भने काठमाण्डौंमा गरिने छ ।

फिल्ममा सुरेश अधिकारीको संगीत , अर्जुन तिवारीको सिनम्याटोग्राफि कविराज गहतराजको कोरियोग्राफि रहने छ । निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन् ।
रमेश त्वयना बिज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकर फिल्मका निर्माता हुन् । आचार्यले यसअघि अधकट्टि निर्देशन गरिसकेका छन् ।

Check Also

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको …