Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » स्याङ्जा चापाकोट पोखरा मन्चको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

स्याङ्जा चापाकोट पोखरा मन्चको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

पोखरा, मंसिर १  । स्याङ्जा चापाकोट बाट पोखरा आइ बसोबास गर्ने हरु को संस्था चापाकोट स्याङ्जा पोखरा मन्च को सदस्य हरु बिच को छलफल तथा भेटघाट कार्यक्रम शनिबार होटल पञ्चामृत पृथ्वीचोकमा सम्पन्न भएको छ । कार्यक्रम हिम लाल श्रेष्ठ को अध्यक्षतामा भएको हो ।आगामी दिनमा चापाकोट बाट पोखरा आइ विभिन्न पेशा ब्यवसाय मा आबद्द सबै लाई समेटेर अगाडी बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

संस्था कुनै राजनितिक स्वार्थमा नअल्मलिइ बिशुद्द सामाजिक काममा समर्पित हुनु पर्ने सहभागी सबैको जोड थियो । सोही अवसर मा प्रस्तवित किसान होल्डिङ लिमिटेड को बारेमा पनि छलफल भएको थियो । किसान होल्डिङ लिमिटेडले स्याङ्जाको कृषी उत्पादनलाई बजार व्यवस्थापन गर्न सहयोग गर्ने भएकोले कृषकहरुको आर्थीक उपार्जनमा मद्दत पुग्नेछ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …