Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
रक्सी झगडामा स्याङ्जाका मेयर कालिकोटमा कुटिए – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » रक्सी झगडामा स्याङ्जाका मेयर कालिकोटमा कुटिए

रक्सी झगडामा स्याङ्जाका मेयर कालिकोटमा कुटिए

काठमाडौं, १८ कार्तिक । स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन्। रारा भ्रमणबाट फर्किएका मेयर गिरी शनिबार राति कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा बास बसेका थिए। मेयरको टोलीले मादक पदार्थ सेवन गरी हो हल्ला गरेको विषयमा विवाद सुरू भएको थियो। सोही होटलमा बसेका काठमाडौंका युवाले मेयर टोलीले होहल्ला गर्दा डिस्टर्भु भएको भन्दै होहल्ला रोक्न आग्रह गरेका थिए। सोही विषयमा दुर्इ पक्षबीच विवाद बढेपछि युवा समूहले मेयर गिरीमाथि कुटपिट गरेको हो।

‘मादक पदार्थ सेवन गरी मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भन्यो, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौंको समूहबीच हात हालाहाल भएको थियो।’झगडामा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जना पनि घाइते भएको स्थानीय प्रहरीले बताएको छ। घाइते मेयर गिरीलाई उपचारका राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न काठमाडौंका ८ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए। उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने काम भइरहेको छ। मेयर गिरीले भने आफूलार्इ कसैले कुटपिट नगरेको प्रतिक्रिया दिएका छन्। मेयर गिरीले भने, ‘हामी रारा भ्रमणमा गएका थियौँ। अहिले सुर्खेत फर्कँदै छौँ, बाहिर हल्लामा आएजस्तो कुनै घटना भएको छैन।’

नेपालखबरबाट साभार

FILE PHOTO

 

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …