Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
तनहुँमा बसले किच्दा १५ वर्षीय थापाको मृत्यु – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » तनहुँमा बसले किच्दा १५ वर्षीय थापाको मृत्यु

तनहुँमा बसले किच्दा १५ वर्षीय थापाको मृत्यु

२७ पुस,तनहुँ । तनहुँमा आज (शुक्रबार) बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बुवा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा किचिएर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने बस र बुवा प्रहरी नियन्त्रणमा छन् ।

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …