Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » तनहुँमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु 

तनहुँमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु 

२ मंसिर,तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमलबारीमा आइतबार जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा डुम्रे बाट दमौली तर्फ आउदै गरेको ना २ च ४३४९ नम्बरको जिप र दमौली बाट डुम्रे तर्फ जादै गरेको ग १ प ११४४ को मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर १ गल्बुबेसी बस्ने वर्ष २६ का मोटरसाइकल चालक रवि माझि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप, मोटरसाइकल र जिप चालक प्रहरिको नियन्त्रण रहेको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …