Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » तनहुँमा अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही

तनहुँमा अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही

१९ मंसिर,पोखरा । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरेको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनबाट अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरिएको हो । घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले अनधिकृतरूपमा विद्युत् चोरी गरेको पाइएकाले उनीहरूलाई नियमअनुसार कारवाही गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।

तीमध्ये एमसिवी बाइपास गरी प्रयोग गर्ने १८, डाइरेक्ट हुकिङ गर्ने एक र मिटर बाइपास गर्ने पाँच जना रहेका छन् । विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ११ अनुसार निजहरुलाई कारवाही गर्दा रु ७९ हजार ४२१ राजश्व असुली भएको गोशलीले बताए । वितरण केन्द्रले बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर १४ लाखभन्दा बढी बक्यौता असुल गरेको छ । मङ्सिर महीनामा मात्रै त्यस ठाउँका ११८ ग्राहकको लाइन काटेर १४ लाख ६५ हजार ९४५ असुल भएको केन्द्रले जनाएको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …