Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » ‘तिहारको खेल, मज्जाको खेल’ मा सुनिताले ३ हजार, हिमलालले २ हजार जिते, २० हजारसम्म जित्न सकिने

‘तिहारको खेल, मज्जाको खेल’ मा सुनिताले ३ हजार, हिमलालले २ हजार जिते, २० हजारसम्म जित्न सकिने

पोखरा, २१ कार्तिक । दोस्रो ठूलो चाड तिहारको अवसरमा बिग एफएमले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ मा सहभागी श्रोताहरुले २० हजारसम्म नगद जित्न सक्नेछन् ।

रेडियो गेम शो कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भइसकेको छ । २२ गते गोबद्र्धन पुजासम्म चल्ने गेम शोको पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका छन् । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाउनु पर्यो । हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म गेम शो चल्ने कार्यक्रम सञ्चालक कमल थापाले बताए ।

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई बीआईजी टाईप गरेर एक स्पेस दिइ एफएम लेखि ३४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ पटकसम्म नम्बर छान्दै जानुपर्नेछ । अन्तिम लक्की नम्बरमा भएको नगद श्रोताको नाममा हुनेछ । अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्नेछन् ।

यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको छ । पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ ।

तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …