Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » ‘तिहारको खेल, मज्जाको खेल’ जारी, रमिलाले जितिन् १० हजार, आज अन्तिम दिन

‘तिहारको खेल, मज्जाको खेल’ जारी, रमिलाले जितिन् १० हजार, आज अन्तिम दिन

पोखरा, २२ कार्तिक । पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ जारी छ ।

कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम शो आज २२ गते गोबद्र्धन पुजासम्म चल्नेछ । गेम शोमा हिजो दोस्रो दिन रमिला भुषालले १० हजार, शान्ति गौतमले ५ हजार, सिता गुरुङले २ हजार र बिबेश थापाले ५ सय जितेका छन् ।

त्यसअघि, पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाउनु पर्यो । हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म गेम शो सञ्चालन भएको कार्यक्रम सञ्चालक कमल थापाले बताए ।

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई बीआईजी टाईप गरेर एक स्पेस दिइ एफएम लेखि ३४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ पटकसम्म नम्बर छान्दै जानुपर्नेछ । अन्तिम लक्की नम्बरमा भएको नगद श्रोताको नाममा हुनेछ । अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्नेछन् ।

यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको छ । पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ ।

तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …