Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » लेखक गुरुङको खोज-यात्रा सकियो,गोर्खा सैनिकका कथा पुस्तकमा प्रतिविम्वित हुने

लेखक गुरुङको खोज-यात्रा सकियो,गोर्खा सैनिकका कथा पुस्तकमा प्रतिविम्वित हुने

२८ भदौ,पोखरा । दोस्रो विश्वयुद्ध र त्यसपछिका विभिन्न विद्रोहमा गोर्खा सैनिकका सहभागिता, वीरता र व्यथा बुझ्न महिना दिन अघि थालिएको मेची महाकाली खोज-यात्रा बिहिबार सकिएको छ । कास्की, धम्पुसमा जन्मेका र विगत चार दशकदेखि हङकङलाई कर्मथलो बनाएका लेखक टीम आई. गुरुङले वेलायत, बर्मा, सिंगापुर र मलेशियालगायतका मुलुकको अध्ययन भ्रमण पश्चात् गोर्खाली थाकथलो नेपालको महिना दिने यात्रा तय गरेका थिए ।

यस क्रममा अध्येता गुरुङले २५ जिल्लाका १०० वर्षसम्मका ५ महिला समेत सँगै ७० जना निवृत्त सैनिकहरुसँग सीधा साक्षत्कार गरेका छन् । यात्रापश्चात् बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले लाहुरे सम्बन्धी आफ्नो मेची-महाकाली खोज यात्रा समापन भएको जानकारी गराएका हुन् ।

“युद्धका बेला १४ दिनसम्म जंगली झारपातका भरमा ज्यान धानेर घर फर्केकाहरु पनि भेटिए,पल्टनमा विरामी भएपछि रित्तो हात फर्काइएकाहरु पनि पाएँ ।” लेखक गुरुङले भने, “दर्जनौ दस्तावेज पढिसकेपछि र आधा दर्जन जति देशको अध्ययन भ्रमण गरेपश्चात् म यस निचोडमा पुगेँः यस विषयमा सोधखोज भएकै छैन, यो अझै ओझेलमै छ ।” झण्डै ३० मुलुकको भ्रमण गरिसकेका उनले विश्वसामु नेपाललाई चिनाउने सगरमाथा, भगवान बुद्ध र गोर्खाज् पनि एक भएकाले व्यक्तिगत रुपमा सोधखोजमा जुटेको बताए।

धेरै दस्तावेज समीक्षा र विभिन्न देशको अध्ययन भ्रमणपश्चात् उनले गोर्खाज सम्बन्धी पुस्तकको मस्यौदा समेत तयार गरेका छन् । मस्यौदालाई “पुस्तकको शरिर”को संज्ञा दिएका उनले मेची महाकाली अभियान आरम्भ अघि आफ्नो कृतिको “आत्मा” खोज्न नेपाल आएको बताएका थिए । “उमेरले नेटो काटेका दर्जनौ युद्धविजेताहरुसँगको संवादमा मैले मेरो मस्यौदा पुस्तकको आत्मा पाएँ, ।” पत्रकारहरुसँग बोल्दै उनले भने, “उहाँहरुका बलिदान, योगदान र पीडाव्यथाका कथाहरु पुस्तकमा प्रतिविम्वित हुनेछ ।” विश्वभरका पाठकहरुलाई गोर्खाज बारे एक “पूर्ण पुस्तक” पस्कने प्रयासमा लागेका लेखक गुरुङको सो कृति अंग्रेजी भाषामा प्रकाशित हुनेछ ।

सन् २०१९ को अन्त्यतिर प्रकाशन योजना रहेको लेखक गुरुङको सो मस्यौदा कृति करिब दर्जन स्वतन्त्र विज्ञहरुले समीक्षा गर्नेछन् भने बेलायत, हङकङ र नेपालबाट एकैपटक विमोचन गर्ने योजनासमेत रहेको छ । हालसम्ममा गुरुङका १४ उपन्यास अंग्रेजीमा प्रकाशित छन् । अध्येता गुरुङ एशिया टाइम्सका लेखक र निवृत्त बृटिश सेनासमेत हुन् ।

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …