Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » स्कुटर चलाउँदा ‘ड्यासबोर्ड’मै फोन र म्यासेज ‘अलर्ट’ : ‘टिभिएस एनटर्क १२५’

स्कुटर चलाउँदा ‘ड्यासबोर्ड’मै फोन र म्यासेज ‘अलर्ट’ : ‘टिभिएस एनटर्क १२५’

रेम बिक
पोखरा, १५ असोज । मोबाइलमा फोन आउँदा होस् या म्यासेज आउँदा चारपांग्रे सवारी साधन ड्राइभ गरिरहँदा पनि त्यसबारे जानकारी लिन सकिन्छ । ‘ब्लुटुथ’को माध्यमबाट मोबाइललाई गाडीको ‘ड्यासबोर्ड’मा भएको ‘डिभाइस’सँग कनेक्ट गरेपछि चालकलाई फोनमा कुराकानी गर्न र म्यासेज पढ्न सजिलो हुन्छ ।

अब दुईपांग्रे सवारी साधनमा पनि गाडी जस्तै सुविधा चालकले पाउनेछन् । त्यसका लागि उनीहरुले टिभिएस ब्राण्डको पछिल्लो स्कुटर ‘टिभिएस एनटर्क १२५’ चढ्नुपर्ने हुन्छ । पोखरामा पनि केहि दिन अगाडि मात्रै यो स्कुटर लञ्च भएको छ । ‘टिभिएस’को आधिकारिक विक्रेता बताश ब्रदर्शले लञ्चकै दिन एकैचोटी १ सय वटा यो स्कुटर समेत बेचेर ईतिहास बनाएको थियो ।

जगदम्भा मोटर्स प्रालिका अध्यक्ष दीपक अग्रवालले यो स्कुटरको फिचर बताउँदै चालकको लागि यो स्कुटर निकै उत्कृष्ट रहेको दाबी गरे । ‘ब्लुटुथको माध्यमबाट फोन र म्यासेजको अलर्ट स्कुटरकै ड्यासबोर्डमा हेर्न मिल्ने हुँदा चालकहरुलाई निकै सहज हुने हाम्रो विश्वास छ ।’ उनले भने–‘त्यो सँगै लेटेस्ट मोडलको यो स्कुटरमा अन्य लोभलाग्दा फिचर पनि छन् ।’

‘टिभिएस एनटर्क १२५’मा रहेको ‘लोकेशन इन्डिकेटर’ पनि यसको अर्को विशेषता हो । मोबाइल एपको माध्यमबाट सवारीधनीले यो सुविधा लिन सक्छन् । शहरी भीडभाडमा आफ्नो स्कुटर कहाँ छ ? भन्ने कुरा थाहा पाउन यो फिचरले निकै सहयो गर्ने कम्पनीको दाबी छ । त्यस्तै नेभिगेशन, पास लाइट, स्पोर्टी लुक, गज्जबको पिकअप अनि डिस्क ब्रेक यो स्कुटरको अन्य विशेषता हुन् । नेपाल भित्रिएको १० दिन भित्रमा १ हजार वटा ‘टिभिएस एनटर्क १२५’ बिक्रि भैसकेको कम्पनीले जनाएको छ ।

‘टिभिएस एनटर्क १२५’ले नेपालको सडकमा ४५ किलोमिटर प्रतिघण्टा ‘माइलेज’ दिने कम्पनीको दाबी छ । यो स्कुटरको मुल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । नेपालभरि ८५ वटा ‘डिलर नेटवर्क’ रहेको टिभिएस कम्पनीबाट लिएको सवारी साधनहरुले सबै ठाऊँबाट उस्तै खाले सुविधा पाउने उसले जनाएको छ ।

टिभिएसले नेपालमा अपाचे, वेगो, जुपिटर, स्ट्राइकर लगाएतका मोटरसाइकल तथा स्कुटरहरु बिक्रिवितरण गर्दै आएको छ ।

Check Also

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ …