Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » ओली-प्रचण्ड नेतृत्वको ने.क.पा. विरुद्ध उजुरी,दल दर्ता खारेज गर्न माग

ओली-प्रचण्ड नेतृत्वको ने.क.पा. विरुद्ध उजुरी,दल दर्ता खारेज गर्न माग

२९ साउन, काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादी बीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, र गैह्रकानुनी  काम गरेको बताउँदै आएका छन् ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिए ।

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …