Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » यूके स्थित नेपाली दुतावासमा ‘बिग आइकन’, संगीतमा हुरुक्क राजदुत सुवेदी मन्त्रमुग्ध

यूके स्थित नेपाली दुतावासमा ‘बिग आइकन’, संगीतमा हुरुक्क राजदुत सुवेदी मन्त्रमुग्ध

बेलायत स्थित नेपाली राजदुतावासमा ‘रातो र चन्द्र सूर्य’ घन्कियो । राजदुत डा. दुर्गाबहादुर सुवेदी सामु बिग आइकन सुवास गुरुङले राष्ट्रिय भावले ओतप्रोत गीत मात्र गाएनन्, राजदुतकै रोजाईमा ‘मुसुमुसु हाँसेर हिँड्नेले’ रोमान्टिक गीत समेत गाए ।

राजदुत डा. सुवेदी आफै साहित्य र संगीतमा जोडिएका व्यक्ति हुन् । डा. दुबसु क्षेत्री उनको साहित्यिक नाम हो । बेलायत पुगेपछि पनि दुबसुका दुई एल्बम निस्किसके । गीत गजलसंग्रह निर्मम यादहरु र आधुनिक गीति संग्रह म जस्तो तिमी पनि उनका सिर्जना हुन् । बिग आइकन गुरुङलाई आफ्नो सिर्जना हस्तान्तरण गर्दै संगीतमा निरन्तर साधनाका लागि सल्लाह प्रकट गरे ।

दुतावासमै भएको भेटमा बिग आइकन सुवास गुरुङ, बिग एफएमका अध्यक्ष महेश भण्डारीसँगै खेलसंघ संस्थाका पदाधिकारी पनि थिए । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, उपेन्द्रमान सिंहका साथै यूकेमै भएको अन्तराष्ट्रिय स्तरको करातेँ प्रतियोगितामा रजत र काश्य जित्ने टीमका खेलाडीहरु विप्लवलाल श्रेष्ठ, विनोद शाक्य गुभाजु, सोनम लामा लगायतको उपस्थिति रहेको थियो । साथै, दुतावासका उच्च पदस्थ व्यक्तिहरु पनि सहभागी थिए ।

राजदुत डा. सुवेदीले खेल र संगीतले विश्व चिनाउनेहरू नै देशका सक्कली राजदुुत भएको बताए । उनले गत वर्ष पनि बिग आइकन साजन आले मगरलाई भेटेको र गीत सुनेको स्मरण गर्दै लामो समय बिग आइकन जस्तो कार्यक्रमको महत्वबारे प्रशंसा गर्न भ्याए । गत वर्ष तमु धिं, यूकेको कार्यक्रममा बिग आइकन सहभागी हुँदा राजदुत सुवेदी अतिथिका रुपमा निम्त्याइएका थिए ।

बिग एफएम अध्यक्ष महेश भण्डारीले दुतावासमै भेट दिनु खुशीको कुरा भएको बताए । ‘व्यस्त समयका बावजुत राजदुत डा. सुवेदीज्यूले समय छुट्याइदिनुभयो । यति धेरै समय कमले मात्र पाईन्छ ।’ भण्डारीले भने – ‘बिग आइकन कार्यक्रमका लागि हौसला हो ।’ युरोपको नेपालीपत्रका श्री सिद्धार्थ विक्रम क्षेत्रीले यो सबै कार्यक्रकको चाँजोपाँजो र संयोजन गरेका हुन् ।

सांगीतिक भ्रमणका लागि बेलायत पुगेका सातौं बिग आइकन सुवास गुरुङ त्यहाँ विभिन्न कार्यक्रम सहभागी भइरहेका छन् ।

बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को आमन्त्रण तथा काठमाण्डौ थापाथलीस्थित द ब्रिटिश कलेजको व्यवस्थापनमा अहिले बिग आइकन गुरुङ अध्यक्ष भण्डारी सहित बेलायत भ्रमणमा छन् । त्यहाँ करिब दुई हप्तासम्म सुवासले विभिन्न शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो साँगीतिक प्रस्तुती राख्ने कार्यक्रम छ ।

यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आले यो ‘ट्रिप’ अन्तर्गत बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनि संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । द ब्रिटिश कलेज ‘सपोर्टेट बाइ’ टाइटलमा बिग आइकनमा निरन्तर चारवर्षदेखि जोडिएको छ ।

7th #BIGicon Subash Gurung at Embassy of Nepal, London singing in honour of Honorable Abbassador Dr. Durga Bahadur Subedi. <3

Posted by Mahesh Bhandari on Wednesday, September 26, 2018

 

 

Check Also

पोखरा विमानस्थलको काम दशैमा पनि जारी

कार्तिक १, पोखरा। निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम …