Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ ।

मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा बुधबार प्रभातफेरि कार्यक्रम गरिने जनाए । मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु हुने प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिनेछ ।

यस्तै, योग दिवसका दिन विहीबार बिहान योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम हुनेछ । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुने समितिका सचिव विश्वमणि तिवारीले जानकारी दिए । यहाँ योग दिवस मनाउन समिति अध्यक्ष सिग्देलको अध्यक्षतामा आयोजक समिति गठन गरि त्रिदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको हो ।

योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले योग दिवसको विशेष कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैलाई अनुरोध समेत गरिन् ।

Check Also

ब्रेकिङ न्युजः श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी

रञ्जन अधिकारी, पोखरा । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि …