नाै दिने सुत्केरीकाे मृत्यु: काेभिड १९ पाेजिटिभ ! मृत्युकाे पहिलाे केस
काठमाण्डाै । कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा पहिलाे पटक मानिसकाे ज्यान गएकाे छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको पिसिआर रिपाेर्ट पाेजेटिभ आएकाे छ । उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ । धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि स्वाब पठाइएको छ। यसबारे औपचारिक जानकारी पत्रकार सम्मेलन मार्फत दिइदैँछ । उनको राति नै मृत्यु भएको हो। उनको सुरुमा आरडीटी पोजिटिभ आएको र पछि पीसीआर पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। … Continue reading नाै दिने सुत्केरीकाे मृत्यु: काेभिड १९ पाेजिटिभ ! मृत्युकाे पहिलाे केस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed