पोखरामा सरकार विरुद्ध प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (फोटोफिचर)

‘स्वतन्त्र पोखरेली युवा’ समूहले पोखरामा विहीबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोनाले मुलुक आक्रान्त हुँदा क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने, आरडिटी बन्द गरी पीसीआर विधिको परीक्षण बढाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन भएको हो । काठमाण्डौ सहित मुलुकका प्रमुख शहरहरुमा स्वतस्फुर्त रुपमा युवाहरुले यस्तो प्रदर्शन सुरु गरेका छन् । पोखराको जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि सहिद चोकमा एक घन्टा मौन बसेर शान्तिपूर्ण रुपमा उनीरुले प्रदर्शन गरेका थिए । दर्जनौंको संख्यामा उपस्थित युवाहरुले हातहातमा सरकारको विरोध तथा ध्यानाकर्षण स्वरुप विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले सांसदको भत्ता पाक्ने, जनताको भात नपाक्ने ? ‘आरडीटी परीक्षण रोक र पिसिआर परीक्षण बढाऊ’, ट्याक्स कसरी तिर्ने … Continue reading पोखरामा सरकार विरुद्ध प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (फोटोफिचर)