मुस्ताङका कुन्साङ गुरुङ भए सामसुङ ग्यालेक्सी ग्राण्ड निओ पाँचौ विग आईकन

Share:

रेम बिक पोखरा, ७ भदौ । मुस्ताङका कुन्साङ गुरुङ पाँचौ सँस्करणको विग आईकनको विजेता बनेका छन् । ग्राण्ड फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई भोटिङमा हराउँदै उनले विग आईकनको उपाधी चुमेका हुन् । उपाधीसंगै उनले १ लाख ६० हजार बराबरको पियाजिओ बाईक र एक हप्ते बेलायतको साँगीतिक भ्रमण प्याकेज  र एउटा म्यूजिक भिडियो पुरस्कार स्वरुप पाएका छन् ।

शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले उनलाई विग आईकन घोषित गरेको हो । विजेता घोषित भएसंगै कुन्साङले आफु निकै खुशि भएको बताए । उनले आगामी दिनमा संगीतलाई निरन्तरता दिने बताउँदै आफ्नो लागि संगीतको यात्रा बल्ल शुरु भएको उल्लेख गरे ।

प्रतियोगितामा चितवनका सन्दीप ढुंगाना फस्ट रनर अप भए भने धरानका राम लिम्बू सेकेन्ड रनरअप भए । यस्तै हेमजाकी ल्हामो डोल्कर प्रतियोगिताको थर्ड रनर अप भईन् । उपाधीसंगै फस्ट रनरअपले ७५ हजार रुपैँया, सेकेन्ड रनरअपले ५० हजार रुपैँेया प्राप्त गरेका छन् भने थर्ड रनरअपले दुई वटा गीत रेकर्ड गर्न
पाउने अवसर प्राप्त गरिन् । यूरो एशिया एजुकेशन कन्सल्टेन्सीले थर्ड रनरअपका लागि गीत रेकर्डको व्यवस्था मिलाएको हो । शनिबार भएको ग्राण्ड फिनाले कार्यक्रम एफएमका कार्यक्रम संयोजक संजोग बस्याल, प्रस्तो रितु रानाभाट र गंगा घलेले होस्ट गरेका थिए ।

पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका मह जोडीले मोफसलबाट यस्तो खालको ईभेन्ट गर्नु निकै खुशिको कुरा भएको बताए । “गायन प्रतिभाहरुका लागि यस्तो खालको मञ्च उपलब्ध गराएर विग एफएमले निकै ठुलो योगदान पुर्याएको छ ।” मदनकृष्ण श्रेष्ठले भने–“विग एफएमले यो प्रतियोगितालाई सँधै निरन्तरता देओस् भन्ने म चाहन्छु ।” यस्तै उनकै जोडी हरिवंश आचार्यले विग आईकनका विजेतालाई बधाई दिँदै सँगीतमा निरन्तरता दिन आग्रह गरे । यस्तै उनले विग एफएमबाट अन्य एफएमले पनि सिक्नुपर्ने धेरै कुराहरु रहेको उनले बताए । विग आईकनको विजेता घोषणा गर्दै उनीहरुले दर्शकहरुलाई क्यारिकेचर गर्दै हँसाएका समेत
थिए ।

विग एफएमका अध्यक्ष महेश भण्डारीले पोखरालाई साँगीतिक शहर बनाउनका लागि विग एफएमले पनि विग आईकन आयोजना गरेर एउटा ईट्टा थप्ने प्रयास गरेको बताए । उनले विग आईकन ऐतिहासिक भएको उल्लेख गर्दै यसो हुुनुमा विज्ञापनदाता, स्रोता र सुभेच्छुकहरुको सहयोग महत्वपुर्ण रहेको बताए । विग एफएमलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम बनाउन यस्तै सहयोगका साथै कर्मचारीहरुको दक्षताले सपोर्ट गरेको उनले सो अवसरमा प्रस्ट्याए ।

कार्यक्रममा ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका प्रेसिडेन्ट दिकेश मल्होत्रा, कान्साई नेरोल्याक पेन्ट्सका कन्ट्र«ी हेड सत्य प्रकाश, व्रिटिश कलेजका मार्केटिङ म्यानेजर सुमन श्रेष्ठ र कंगारु एजुकेशन फाउन्डेशन महेशबाबु पन्त लगाएतले एफएमसंंग सहकार्य गर्न पाउँदा निकै खुुशि लागेको प्रतिक्रिया दिए । उनीहरुले आगामी दिनमा पनि विग एफएमसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सोहि क्रममा ईन्टरनेशनल मार्केटिङ सर्भिसेजको तर्फबाट प्रेसिडेन्ट निकेश मल्होत्रा र मार्केटिङ म्यानेजर पुस्कल खतिवडाले विग आईकनका विजेता र अन्य फाईनलिस्टलाई सामसुङ ब्राण्डको मोबाईल पुरस्कार स्वरुप
दिएका थिए ।

प्रतियोगितामा ५० जिल्लाका ८ सय ९० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । दुई महिनासम्म चलेको ईभेन्टमा संगीतकर्मीद्धय श्यामसुङ तामाङ र सुनील थापा निर्णायकको रुपमा रहेका थिए । शनिबारको ग्राण्ड फिनालेमा विग आईकनको उत्कृष्ट १० प्रतिस्पर्धीहरुले समेत प्रस्तुती दिएका थिए । यस्तै विग एफएमले शनिबार नै ग्राण्ड फिनालेको टिकट विक्रिबाट उठेको सम्पूर्ण रकम ७६ हजार ७ सय ५० रुपैँया विपन्न बालबालिकाहरुको शिक्षाको लागि प्रदान गरेको छ । बालबालिको शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्था अर्पण नेपालमार्फत एफएमले सो रकम बालबालिकाको शैक्षिक गुणस्तरको लागि खर्चेको हो ।

यो पटकको विग आईकनमा सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मुख्य प्रायोजकको रुपमा रहेको थियो ।  विश्वको टप फाइभ पेन्ट्स कम्पनीमध्येका एक कान्साई नेरोल्याक पेन्ट्स पनि उपप्रायोजकको रुपमा ईभेन्टसंग जोडिएको थियो । सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको प्रतियोगितामा
प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको थियो । ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको थियो । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको थियो भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको थियो ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको थियो । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको थियो । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको थियो । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको थियो भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको थियो । साउण्ड पार्टनरको रुपमा एसके साउन्ड पोखरा रहेको थियो । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: