पोखरामा एनटिभिए गण्डकीको नयाँ नेतृत्व चयन, आचार्य अध्यक्षमा सर्वसम्मत

Share:

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। पोखरा मा सम्पन्न अधिवेशनबाट रविप्रसाद आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा विकासप्रसाद कंडेल प्रथम उपाध्यक्ष, भुवानीप्रसाद अधिकारी द्वितीय उपाध्यक्ष, श्यामप्रसाद लामिछाने महासचिव, शोभाखर तिवारी सचिव, सुमन कुँवर कोषाध्यक्ष तथा संगीता अधिकारी आचार्य सह-कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन्।

अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरियो नम्बर प्लेटको गरिमा जोगाउनेमा जोड दिएका छन्। कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले पर्यटन क्षेत्रमा पर्यटक यातायातको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

अधिवेशनका अवसरमा पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। साथै, सरोकारवालाहरूले विदेशी सवारी साधनको नियमन र समान राजस्व प्रणालीको आवश्यकता औंल्याएका छन्।

कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: