
रेम बिक पोखरा, १८ बैशाख । पाँचौ सँस्करणको विग आईकनको उपाधी जित्ने विजेताले पुरस्कार संगै बेलायतमा साँगीतिक भ्रमणको अवसर पाउने भएका छन् । विग आईकनका लागि यस्तो व्यवस्था काठमाण्डौस्थित ब्रिटिश कलेजले गर्न लागेको हो । विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनको एक हप्ते साँगीतिक बेलायत भ्रमणका लागि कलेजसंग सहमती गरेका छन् ।
सहमतीपत्र अनुसार ब्रिटिश कलेजले यो सँस्करणको विग आईकनका लागि बेलायतका विभिन्न कलेजमा साँगीतिक कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था मिलाउनेछ । साथै उसले विग आईकनलाई बेलायत आउने–जाने टिकटसंगै खान बस्नको व्यवस्था पनि गर्नेछ । बेलायतमा हुने विग आईकनको साँगीतिक भ्रमणको सम्पूर्ण जिम्मा त्यहिँको साउथ लन्डन कलेजले व्यवस्थापन गर्ने सहमतीपत्रमा उल्लेख छ ।
यसअघिको विग आईकनमा पनि व्रिटिश कलेजले विग आईकनलाई यस्तै व्यवस्था गरेको थियो । चौथो सँस्करणको विजेता मुस्कान रानाभाटले यो अवसर पाईसकेकी छन् । ‘अघिल्लो पटक विग एफएमबाट पाएको ब्रान्डिङकै कारण हामीले विग आईकनलाई बेलायत भ्रमणको व्यवस्थालाई पुनः निरन्तरता दिएका हौँ ।’ थापाथलीस्थित व्रिटिश कलेजकै कार्यालयमा सहमतीपत्रमा हस्ताक्षर गर्दै कलेजका सिईओ राजेन्द्र कँडेलले भने–‘यो सहकार्य अन्य सँस्करणमा पनि निरन्तर जानेछ ।’
विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनले एक हप्ते बेलायत साँगीतिक भ्रमणको प्याकेज पाउनु निकै फलदायी भएको बताए । ‘व्रिटिश कलेजको यहि प्याकेजकै कारण पनि विग आईकन नेपालकै उत्कृष्ट गायन प्रतियोगिता हुन पुगेको छ ।’ भण्डारीले भने–‘सबैको साथ र सहयोग पाएकै कारण हामीले प्रतियोगितालाई गायन प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च बनाउन सकेका हौँ ।’
विग आईकनको पाँचौ सँस्करणका लागि टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल फाईनल भएको छ भने सब–टाईटल स्पोन्सरमा नेरोल्याक पेन्ट्स रहेको छ । त्यस्तै सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशनले सहमती गरिसकेको छ । विग आईकनको यो सँस्करणको लागि यतिबेला विग एफएमले फाराम खुलाईसकेको छ । र, एफएमको कार्यालयबाट फाराम निशुल्क वितरण भैरहेको छ । गायन प्रतिभाहरुले फाराम भर्नका लागि विग एफएमको अफिसियल वेभसाईट धधध।ाmदष्न।अयm मा लग अन गर्न सक्ने व्यवस्था समेत एफएमले गरेको छ ।
