माधव/रञ्जन, पोखरा १० जेठ । नेकपा–माओबादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको पाँचौ कास्की जिल्ला सम्मेलनले उमेश सि.के.लाई अध्यक्षमा निर्वाचित गरेको छ । पोखरामा शनिबार सम्पन्न सम्मेलनले सि.के.को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा धन बहादुर बि.क., सचिवमा कुमार परियार, सह–सचिवमा राजु परियार, कोषाध्यक्षमा प्राप्ति बि.क चयन भएका छन् । सदस्यहरुमा भावना बि.क., हरि दवाडी नेपाली, अर्जुन बयलकोटी, राजकुमार सुनार, गोपाल बयलकोटी, बिष्णु बि.क, सन्तोष परियार, होम ब. परियार रहेका छन् । तीन सदस्य पछि चयन गरिने अध्यक्ष सि.के.ले बताए । सम्मेलनले कास्की मोर्चाका लागि तिलक नेपालीको अध्यक्षतामा आठ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा बलबहादुर बिक, सुकबहादुर परियार, भीमबहादुर दर्जी, झरना बिक, रमेश परियार, मनबहादुर बिक र कृष्ण परियार रहेका छन् ।
सम्मेलनको उदघाटन सत्रमा मोर्चाका केन्द्रीय उपाध्यक्ष डम्बर बहादुर बि.क. ‘मामा’ले दलितहरुले मागेर नभएपछि अब खोसेर आÇना बिशेषाधिकार लिनुपर्नेमा जोड दिए । बिशेषाधिकार खोस्नका लागि दलितहरुका बीचमा एकताको आवश्यकता रहेको ‘मामा’ ले औंल्याए । ‘पशुपतिनाथ प्रवेशका लागि हाम्रा अग्रजहरु ज्यानको परवाह नगरी होमिएकाले हामीले अहिले निर्वाध पूजाआजा गर्न पाएका छौं । त्यसैले संघर्ष नगरी नहुने रहेछ ।’ उनले भने– ‘सबै दलले दलितलाई भातृ संगठनका नाममा संगठित गर्दै सत्ताको भ¥याङ चढ्दै आए । हामी सेवक बन्यौं, सधैं अरुको ईशारामा चल्यौं ।’ उत्पीडनमा परेका दलितहरुका अधिकारका लागि सर्वहारा क्रान्तिकारी पार्टी नेकपा–माओवादी पार्टीले मात्र लड्दै आएको उनले ठोकुवा गरे ।
नेकपा–माओवादी तमुवान राज्य ईञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ले एनजिओ आईएनजिओ उत्पीडितमाझ छिरेर गुलियोमा भुलाएर राखेको दाबी गरे । उनले सम्मेलनले दलितहरुको संगठनलाई मजबुत बनाउन सहयोग पु¥याउनमा जोड दिए । ‘सम्मेलन संगठन निर्माण हो, संगठन निर्माण आन्दोलनको रुप हो, सांगठनिक आन्दोलन क्रान्तिको तयारी हो ।’ अधिकारीले भने ।
नेकपा–माओवादी तमुवानका सह–सेक्रेटरी हरीबहादुर चुमान ‘अजित’ले दलितहरुको आन्दोलन समान अधिकारका लागि भन्दा पनि बिशेषाधिकारका लागि हुनुपर्ने औंल्याए । हरि दवाडीले स्वागत मन्तव्य राखेको मोर्चाको सम्मेलनको उद्घाटन सत्रमा नेकपा–माओबादी कास्कीका सेक्रेटरी साबित्री दुरा (आस्था), नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य धीरेन्द्र बिक, राष्ट्रिय जनस्वयंसेवक कास्कीका प्रमुख मेखबहादुर बिक ‘पहाड’ र अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघ, कास्की अध्यक्ष दिलिप सुनारले बोलेका थिए । कार्यक्रम मोर्चाका सचिव कुमार परियारले सञ्चालन गरेका थिए ।
सो अवसरमा आधा दर्जन कार्यकर्ता एकिकृत माओबादी परित्याग गरि माओबादी पार्टिमा प्रबेश गरेका थिए । एमाओवादी बिचार र दलितको मुद्धामा कमजोर भएकाले आफुहरुले पार्टी परित्याग गरि नेकपा–माओवादीमा प्रवेश गरेको शहिद थमन परियारका छोरा राजु परियारले बताए । त्यसैगरि कृष्ण परियार, रमेश परियार, होम बहादुर बि.क., बल बहादुर बि.क. पार्टी प्रवेश गरेका थिए ।
