पोखरामा विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिता सुरु

Share:

पोखरा, जेठ ३१ गते । यूवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अन्र्तगत अखिल नेपाल फुटबल संघ कास्कीको संयोजनमा शनिबार देखि पोखरामा छात्र÷छात्रा कास्की जिल्लास्तरीय कोकाकोला कप विद्यालयस्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ ।

पोखरा रगंशालाको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको छात्रतर्फ उद्घाटन खेलमा नेपाल भारतमैत्री विद्यालयले शिवशक्ति उच्च माविलाई १—० गोल अन्र्तरले पराजित गदै विजयी सुरुवात गरेको छ । नेपाल भारतमैत्री विद्यालयको जितमा जस गुरुङको निर्णायक एक गोल गरेका थिए । दोश्रो खेलमा विन्ध्यवासिनी उच्च मावि बाटुलेचौरले एसोएस हर्मनमाइनर विद्यालयलाई १—० गोल अन्र्तरले पाखा लगाउदै विजयी भएको छ । विन्ध्यवासिनीको जितमा झलक रानामगरले निर्णायक एक गोल गरे ।

तेस्रो खेलमा प्रगती बोर्डिङ स्कुलले छोरेपाटन उच्च माविलाई २—० गोल अन्र्तरले पाखा लगाउदै जित दर्ता गरेको छ । प्रगतीको जितमा शोभियत गुरुङले दुई गोलको योगदान दिए । चौथो खेलमा यूनिभर्स बोर्डिङ स्कुलले कान्तिपुर बोर्डिङलाई ३—० गोलको फराकिलो अन्र्तरले पराजित गदै विजयी भएको छ । यूनिभर्सको जितमा सजित गुरुङले ह्याट्रिक गदै सहज जित दिलाए । पाँचौ खेलमा राष्ट्रिय उच्च माविले पोखरा पब्लिक बोर्डिङ स्कुललाई २—० गोल अन्र्तरले पराजित ग¥यो । पोखरा पब्लिकको जितमा विनोद तामाङ र संगम दर्जीले एक÷एक गोल गरे । छैठौ खेलमा बालकल्याण बोर्डिङ स्कुलले शिशु निकेतन स्कुललाई टाइव्रेकरमा ४—२ गोल अन्र्तरले पन्छायो । निर्धारित समयमा खेल एक÷एक गोलमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । बालकल्याणका लागी अमन क्षेत्री र शिशु निकेतनका लागी खिमराज गुरुङले एक÷एक गोल गरेपछि खेल टाइबे्रकरमा पुगेको थियो ।

सातौ खेलमा सवलाईन बोर्डिङ स्कुलले कुमुदिनिहोम्स उच्च माविलाई ४—१ को फराकिलो गोल अन्र्तरले सहज जित दर्ता ग¥यो ।सवलाईनको जितमा मोहन गुरुङ र संजय गुरुङले दुई÷दुई गोल गरे ।अन्तिम खेलमा पोखरा लनर्स एकेडेमीले सृजना उच्च माविलाई सडन डेथमा ६—५ को कठिन जित निकाल्दै जित दर्ता ग¥यो । सृजनाका राज बस्नेत र पोखरा लर्नसका कपिल थापाले निर्धातिर समयमा एक एक गोल गरेपछि खेल टाइबेकरमा पुगेको थियो । टाइबेकरबाट पनि खेलको टुङगो नलागेपछि सडन डेथबाट छिनोफानो गरिएको थियो ।

यसअधि प्रतियोगिताको उद्घाटन कोकाकोलाका क्षेत्रिय म्यानेजर के.पी गौतमले रेफ्रि राजु तामाङलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । एन्फा कास्कीका कार्यवाहक अध्यक्ष कुमार गुरुङको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमको संचालन महासचिव राजन पौडेलले गर्नुभएको प्रतियोगिता संयोजक ओम बस्नेतले जानकारी दिए ।प्रतियोगिता अन्र्तगत आइतबार पनि आठ खेल संचालन हुने प्रतियोगिता संयोजक ओम बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा छात्रतर्फ ७३ र छात्रा तर्फ १५ टिमले सहभागीता जनाएको एन्फा कास्कीका महासचिव राजन पौडेलले जानकारी दिए । प्रतियोगिता असार १२ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा विजेता टिमले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

जिल्लास्तरीय प्रतियोगितामा विजेता टिमले पश्चिमाञ्चलस्तरीय कोकाकोला कप फुटबल प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् । पश्चिमाञ्चलमा प्रतियोगितामा छात्र तर्फ विजेता र उपविजेता तथा छात्रा तर्फ विजेताले काठमाडौमा हुने सर्वाधिक राशीको कोकाकोला राष्ट्रिय विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । काठमाडौमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: