साउन १५ – अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति बाराक ओबामा विरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । संवैधानिक शक्ति उलंघन गरेको आरोपमा ओबामालाई मुद्दा चलाउन संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले मन्जुरी दिएको बिबिसीले जनाएको छ ।
सदनमा मुद्दा चलाउने प्रस्तावको पक्षमा २ सय २५ र विपक्षमा २ सय १ मत परेको थियो । प्रस्तावको समर्थन गर्नेहरुले राष्ट्रपति ओबामाले स्वास्थ्य सेवामा सुधार सम्बन्धी कानुनमा बीमाको समय बढाएर संवैधानिक शक्ति दुरुपयोग गरेको दाबी गरेका छन् ।
राष्ट्रपति ओबामा विरुद्ध मुद्धा दायर गर्न अब वकिलले कानुनी कागजात तयार गर्नेछन् । तर राष्ट्रपति ओबामाले भने यो केबल समयको बर्बादी मात्रै भएको प्रतिक्रिया दिएका छन् । सेन्ट बार्बरा युनिभर्सिटीको अमेरिकन प्रेसिडेन्सी प्रोजेक्ट अध्ययनका अनुसार ओबामाले ६ वर्षमा १ सय ८३ वटा विशेष आदेश जारी गर्नुभएको छ ।
एजेन्सी
