लायन्स क्लब अफ पोखरा गण्डकीको पदस्थापन तथा सम्मान

Share:

रञ्जन अधिारी पोखरा, २४ साउन / लायन्स क्लब अफ पोखरा गण्डकीको २८ औं पदस्थापन तथा सम्मान समारोह शनिबार सम्पन्न भएको छ । सो अवसरमा निवर्तमान अध्यक्ष निर्मला बरालले वर्ष २०१४÷१५ अध्यक्ष मञ्जु पन्तलाई पद हस्तान्तरण गरिन् । डिस्ट्रिक्ट ३२५ बी १ नेपालकी डिस्ट्रिक्ट गभर्नर एमजेएफ भूगोल शेरचनले अध्यक्ष पन्त सहित नयाँ कार्यसमिति पदाधिकारी, सदस्यहरुलाई पदस्थापन गराएकी हुन् ।

समारोहमा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय प्रमुख दिव्यकला बजिमयले सेवा भावनाले ओतप्रोत भएर समाजको हितमा लागिपर्नु निकै सराहनीय भएको बताईन् । ‘महिलाहरुले काम गर्न नसक्ने होईन, मात्र शिक्षा र अवसरको खाँचो छ ।’ उनले भनिन् ‘विश्वकै पहिलो महिलाहरुको क्लब बनेर यसले जसरी गतिविधि अघि बढाईरहेको छ । तारिफ योग्य छ ।’ उनले महिला आबद्ध संस्थामा ईमान्दारिता र स्वच्छता हुने दाबी पनि गरिन् । पछिल्लो समयमा शिक्षामा सहभागिताको सन्दर्भमा पुरुषको बराबरीमा महिला आएपनि गुणस्तरका सवालमा अझै पछि नै रहेको आँकडा प्रस्तुत गरिन् ।

रिजन चेयर पर्सन परमेश्वर बराल, मल्टिपल काउन्सिल चेयर पर्सन भरतप्रसाद ढुंगेल, निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनहरु प्रेम बहादुर श्रेष्ठ, गिरीधारी शर्मा, डिस्ट्रिक्ट गभर्नर एमजेएफ भूगोल शेरचन, द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, पिएमजेएफ ध्रुबबहादुर थापा, सम्मानित व्यक्तित्व ध्रुब श्रेष्ठ, पास्ट स्पाउस रमाकान्त बराल लगायतले बोलेका थिए ।

निवर्तमान अध्यक्ष निर्मला बरालले आफ्नो पदावधिमा सबैबाट राम्रो साथ समर्थन मिलेको भन्दै धन्यवाद व्यक्त गरिन् । अध्यक्ष मञ्जु पन्तले आफूमा जिम्मेवारी थपिएकाले चुनौतिबोध गरेको बताउँदै विगतका कामहरुलाई निरन्तरता दिने र स्वास्थ्य सचेतना जस्ता कार्यक्रम गर्ने जानकारी दिईन् ।

सो अवसरमा लायन ध्रुब श्रेष्ठ र एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने सौगात थापा लगायत सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सचिव कल्याणी उदास र कोषाध्यक्ष दुर्गा भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वर्ष २०१४÷१५ को प्रथम उपाध्यक्ष सीता पाण्डे, द्वितीय उपाध्यक्ष डा. चण्डिका पण्डित, सचिव शारदा शर्मा, सहसचिव दुर्गा भण्डारी, कोषाध्यक्ष जयन्ती मल्ल, सहकोषाध्यक्ष नीता बुद्धाचार्य, टेमर लीला श्रेष्ठ, टेल टुईस्टर पूर्ण होना श्रेष्ठ, पिआरओ लक्ष्मी रेग्मी, सदस्यता निर्देशक सरला पालिखे, निर्देशक एमजेएफ विमला श्रेष्ठ, निर्देशकहरु कोकी मल्ल, शारदा पराजुली, उषा गौतम, सल्लाहकारहरु एमजेएफ इन्दिरा बराल, एमजेएफ दीनकुमारी शर्मा, लीला प्रधान, बसन्ती लालचन, अनिता गुरुङ, अनिला श्रेष्ठ, कल्याणी उदास, तुमला श्रेष्ठ, राधा पौडेल, पुजन शाक्य, मीना पौडेल, सदस्यहरु माना थापा, ज्योति थापा, रेखा बजिमय, शर्मिला गुरुङ, सोममाया भट्टराई, डा. बबिता गुरुङ, डा. निर्जला मल्ल, विनाता गुरुङ, तारा केसी छन् ।

निवर्तमान अध्यक्ष निर्मला बराल र नवनिर्वाचित अध्यक्ष मञ्जु पन्तको अध्यक्षतामा भएको दुई सत्रको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव कल्याणी उदास र वर्तमान सचिव शारदा शर्माले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: