
रेम बिक पोखरा, २४ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको उत्कृष्ट पाँच राउण्डबाट प्रतिस्पर्धी सरिता अधिकारी बाहिरिएकी छन् । अधिकारी बाहिरिएसंगै बाँकि प्रतिस्पर्धीले उत्कृष्ट तीनका लागि शनिबार नै प्रतिस्पर्धा गरेका छन् । आउँदो सोमबार उत्कृष्ट तीनको टुंगो लाग्नेछ । उत्कृष्ट तीन छनौट भएपछि उनीहरु सोझैँ फाईनल चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उत्कृष्ट चार प्रतिस्पर्धीहरुमा ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना र कुन्साङ गुरुङ रहेका छन् । प्रतियोगिताबाट बाहिरिँदै गर्दा उत्कृष्ट पाँचका प्रतिस्पर्धी सरिता अधिकारीले साँगीतिक दौडमा आफुलाई निकै ठुलो सफलता मिलेको बताईन् । ‘विग आईकनमा मेरो सहभागिता पहिलो थियो र पहिलो पटकनै मैले उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेँ ।’ उनले भनिन्–‘बाहिरिँदा मलाई कुनै दुख लागेको छैन तर म निकै खुशि छु ।’उनले विग एफएम साँगीतिक प्रतिभाहरुका लागि निकै ठूलो मञ्च भएको उल्लेख गर्दै आगामी चरणमा पुगेका अन्य प्रतिस्पर्धीलाई सफलताको कामना समेत गरिन् ।
विहिबारको प्रतियोगितामा विग आईकनको प्रायोजक कान्साई नेरोल्याक पेन्ट्सका कन्ट्री हेड सत्यप्रकाशको विशेष उपस्थिती रहेको थियो । उनले विग आईकनसंग सहकार्य गर्न पाउँदा निकै खुशि लागेको प्रतिक्रिया दिए । प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै आगामी दिनमा पनि एफएमसंगको सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लीराज आचार्यको समेत विशेष उपस्थिती रहेको थियो ।
विग एफएमले पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनाले आगामी भदौ सात गने हुने जानकारी दिएको छ । ग्राण्ड फिनालेका लागि आयोजक संस्था विग एफएमले तयारी तिव्र पारेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा रहनेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीहरुको प्रस्तुती समेत रहनेछ ।
साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । शनिबारको अडिसनमा गीतकार तीर्थ तामाङ ‘पाहुना निर्णायक’को रुपमा कार्यक्रममा उपस्थित भएका थिए । उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको प्रतियोगितामा त्यसपछि भोटिङको व्यवस्था रहेको छ । उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ ।
बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
