पोखरा उद्योग बाणिज्य संघमा सहमति ढोका बन्द, दुबै समुहको उमेदवारी यथावत, निर्बाचनबाटै नेतृत्व चुनिने

Share:

गोकुल बानियाँ पोखरा १३ भदौ । पोखरा उद्योग बाणिज्यसंघको नयाँ नेतृत्व चयन चुनाबबाटै हुने भएको छ । भदौ २० र २१ गतेको लागि निर्धारित ३० औं अधिबेशनमा उमेदवारी दिएका दुबै प्यानलले आ–आफ्नो उमेदवारी यथावत राखेपछि सहमतिको संभाबना समाप्त भएको छ ।

अब नेतृत्वको लागि बर्तमान अध्यक्ष सञ्जिब बहादुर कोईराला र  प्रथम उपाध्यक्ष बिन्दुकुमार थापाको प्यानल निर्बाचनमा होमिएको छ । निर्बाचन कार्यतालिका अनुसार मंगलवार र बुधवार उमेदवारी मनोनयन दर्ता गराएका दुबै समुहले उमेदवारी यथावत राखेपछि अब निर्बाचनबाट नेतृत्व चुनिने निर्बाचन समितिका संयोजक तिर्थ श्रेष्ठले जानकारी दिए ।

कोईराला समुहबाट उमेदवारी दिनेहरुमा बर्तमान द्धितिय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिब नारायण कोईराला, उप–महासचिब हिरा भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरु दामु अधिकारी, दिलिप सुबेदी, बिश्वशंकर पालिखे, धनिराम बराल, राम बसेल, बलराम पहारी, देबकृष्ण काफ्ले, अनिल सिग्देल र मंगल नेपाली रहेका छन् ।
थापा समुहबाट बर्तमान कोषाध्यक्ष रबिन्सन प्रजु सहित देव क्षेत्री , बिन्दु कोईराला सुबेदी, मिनराज काफ्ले, प्रकाशदेब पालिखे, दिलिपराज श्रेष्ठ, पवन प्रजापति, पुष्पराज पराजुली, जनराज पराजुली, सिता गुरुङ, नारायण पौडेल, हरिराज पन्त र गिरिधारी शर्मा रहेका छन् ।

नातामा ज्वाई जेठानको सम्बन्ध जोडिएका कोईराला र थापा ब्यबशायिक रुपमा पनि बिभाजित बनेका छन् । आफन्त र अग्रज ब्यबशायीको दवाब पछि अघिल्लो पटक कोईरालालाई सर्बसम्मत अध्यक्ष बन्न सघाएका थापाले त्यति बेला भएको सहमति अनुसार पनि अब आफ्नो पालो भएको बताएका छन् । तर कोईरालाले भने पूरै कार्यकाल थापाले असहयोग गरेकाले पुन कार्यकाल दोहो¥याउन लागेको दाबि गरेका छन् । पदिय लोलुपताले यी दुई बिचको पारिवारित सम्बन्धमा दरार आउनुको साथै ब्यबशायिक सम्बन्ध पनि बिग्रेको छ । नेतृत्वको दुई प्यानलले पोखराका उद्योगी ब्यबशायी पनि दुई कित्तामा बाढिएका छन् ।

यसअघि पूर्ब अध्यक्षहरुले गर्ने सहमतिको प्रयास यसपटक भने देखिएन । अघिल्लो पटक सर्बसम्मत बनाउने पहलमा आगामी कार्यकाल थापालाई दिने गरी भएको सहमति तोडेको भन्दै कतिपय पूर्ब अध्यक्षहरुले कोईरालाले बेईमानी गरेको आरोप लगाएका छन् । पूर्ब अध्यक्ष कृष्णमोहन श्रेष्ठ खुलेरै थापाको पक्षमा लागेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मी पनि थापाले उठाएको एक ब्यक्ति एक कार्यकालै पक्षमा छन् ।
निर्बाचन कार्यतालिका अनुसार अब शनिवार दिउसो उमेदवार परिचय कार्यक्रम राखिएको छ । भदौ २१ गते बिहान ८ देखि दिउसो २ बजेसम्म मतदानको समय तोकिएको छ । पोखरा उद्योग बाणिज्य संघमा जम्मा २ हजार २ सय ५८ मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: