पोखरामा श्रीमतिले गरिन् श्रीमान् को हत्या

Share:

गोकुल बानियाँ पोखरा १७ भदौ । पोखरामा दिउसै श्रीमतिले श्रीमान्को खुकुरी प्रहार गरी हत्या गरेकी छिन् । पोखरा ७ घर भएका ३१ बर्षिय माया नेपालीले ३५ बर्षिय श्रीमान् दिपक नेपालीको हत्या गरेकी हुन् ।

घरायसी झगडाको कारण बिहान साढे ९ बजे घरमै बसिरहेको बेला श्रीमतिले खुकुरी प्रहार गर्दा घाईते भएका दिपकको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रबक्ता केदार रजौरेले जानकारी दिए ।

गम्भिर घाईते उनलाई उपचारको लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएपनि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल लैजाने क्रममा मध्यान्ह १२ बजे ज्यान गएको हो । श्रीमान्को हत्या गर्ने श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान्माथि खुकुरी प्रहार गरी आफै प्रहरी समक्ष पुगेकी उनले अत्याधिक मदकपदार्थ सेवनको कारण हत्या गरेको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: