कास्कीका ८ सभासद् एउटै मञ्चमा

Share:

गोकुल बानियाँ पोखरा १७ भदौ । संबिधानसभामा कास्कीबाट प्रतिनिधित्व गर्ने ११ सभासद् मध्य ८ सभासद् मंगलवार एउटै मञ्चमा भेटिए । संबिधान निर्माणसँगै नागरिकका आधारभूत आबश्यकताको बारेमा ध्यानाकर्षण गराउन सयपत्री समाज कास्कीले जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुलाई एकै ठाउमा जुटाएको थियो ।

संबिधान निर्माणको बिबादित प्रक्रियासंगै घर्किदै गएको समयका बिच कार्यक्रममा सहभागिले जनजीविकाको सामान्य बिषयमा पनि ध्यान दिन आगह गरे । संबिधान निर्माणसँगै जनताको दैनिक आबश्यकता र उसको चाहानालाई जनप्रतिनिधिको हैसियतले सम्बोधन गर्न सक्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । दैनिक जीवन यापन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको बिषयमा गम्भिर भई समृद्ध समाज निर्माणको लागि सभासद्हरुको महत्वपूर्ण भूमिका हुने नागरिकको सुझाब छ ।

आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गरेका सभासद् प्रति स्वभावत नागरिकको अपेक्षा धेरै हुने भएकाले जनताको दिनहुको समस्या समाधानतिर ध्यान दिनुपर्ने खाचो औल्याईएको छ । कार्यक्रमका सहभागिले जनताले सभासद् खोज्ने नभई सभासद्ले जनता खोज्नुपर्ने बेला आएको बताए । निर्बाचनको बेला मत माग्दा जनतासँग गरेका प्रतिबद्धता पुरा गर्न उनिहरुले आग्रह गरेका छन् ।

सभासद् यज्ञ बहादुर थापाले संबिधान निर्माणको मुल मुद्धाको कारण अन्य बिषय छायामा परेको बताए । संबिधान निर्माणपछि समृद्धिको ढोका खुल्ने भएकाले अहिले जनताको आलोचना खेपेरै भएपनि संबिधान निर्माणमा मात्रै सभासद्हरु केन्द्रित हुनुपरेको उनले बताए ।

सभासद् शारदा पौडेलले जनताले राज्यबाट प्रदान गरिने सेवा सुबिधा पनि समान रुपमा प्राप्त गर्न नसकेको बताईन् । जनप्रतिनिधिको अभाबमा स्थानिय निकायका काम कारबाही पनि असहज भएको उनले बताईन् ।

अर्का सभासद् रबिन्द्र अधिकारीले अबको राजनिति सबृद्धिको लागि हुनुपर्नेमा जोड दिए । अबको राजनिति के को लागि भन्नेमा राजनितिक दलका नेताहरु स्पष्ट हुनुपर्ने उनले बताए । बिकासको लागि योजना निर्माण, छनौट र कार्यन्वयनमा कमजोरी रहेको उनले स्विकारेका छन् ।

नागरिकको गुनासोका बिच सभासद्हरुले भने जनप्रतिनिधिको हैसियतले ब्यक्तिगत समस्या समेत समाधान गर्नुपर्ने अबस्था आईपर्नेगरेको गुनासो गरेका छन् । घरायसी झैझगडा मिलाउने देखि ब्यक्तिको ब्यक्तिगत समस्या समानको लागि पनि सभासद्कै मुख ताक्ने प्रबृति बढ्दै गएको सभासद् सिता गिरी वलीले बताईन् ।

सभासद् चुडामणी जंगलीले सामाजिक सुरक्षाको पाटो मजबुद बनाउन संसदमा पनि संकल्प प्रस्ताब पारित गरिएको जानकारी दिए । संबिधान निर्माणपछि राजनितिक स्थिरता कायम हुने र त्यसपछि मात्रै देश संबृद्धिको दिशामा जाने बताए । सभासद् तेज कुमारी पौडेलले नितिगत प्रक्रियामा भएका जटिलता हटानुपर्ने र राज्य पुनःसंरचना सँगै देश संबृद्धिको बाटोमा जाने बताईन् ।

सभासद् तुल बहादुर गुरुङ र कुमार खड्काले कास्की जिल्लाको बिकासको लागि दिर्घकालिन योजना निर्माणको खाचो औल्याएका छन् । कार्यक्रममा नागरिकको अपेक्षा र सभासद्हरुको भूमिकाको बिषयमा हरि शर्मा, कास्की जिल्लाका नीतिगत प्रश्नहरुको बारेमा गिरीधारी सुबेदीले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: