
विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चल क्षेत्रकै नम्बर वान बनेको बिग एफएमले दशँैको अवसर पारेर रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ । पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईने रेडियो गेम शो घटस्थापनादेखि सप्तमिसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको छ ।
रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । ‘सहभागीहरुले २० हजार सम्म जित्न सक्छन् ।’ कार्यक्रमको बारेमा प्रस्ट्याउँदै विग एफएमका कार्यक्रम संयोजक सन्जोग बस्यालले भने–‘सहभागीहरुलाई सात दिनसम्म विभिन्न चरण गरेर खेलाईनेछ ।’ प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत दर्ता हुनुपर्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए ।
गेम शोमा सहभागिताको लागी स्रोताहरुले Big <Space> FM टाईप गरि ४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् । ‘स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो ।’ एफएमले जनाएको छ–‘त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र विग एफएमसंगै दशैँ मनाउन चाहने स्रोता तथा सुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’
सात दिनसम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् ।
