राष्ट्रिय लिग फुटबल बारे छलफल गर्न एन्फा अध्यक्ष थापा पोखरामा

Share:
पोखरा, बैशाख १८/ अखिल नेपाल फुुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा राष्ट्रिय लिग फुटबल प्रतियोगिताका बारेमा छलफल गर्न पोखरा आइपुगेका छन् । एन्फाले राष्ट्रिय लिगको संरचना परिर्वन गरे पछि छलफलका लागी थापा पोखरा आएका हुन् । पोखरामा एन्फा कास्कीले आयोजना गरेका पत्रकार सम्मेलनमा थापाले होमएनअवयका रुपमा राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने बताए ।

थापाले ए डिभिजनका लिगका शीर्ष ६ र जिल्ला टिमबाट ६ गरी १२ टिमले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भाग लिने बताए । कास्की, मोरङ, सुनसरी, झापा, रुपन्देही, बाँके, कैलाली, पर्सा र मकवानपुरबाट ६ टिमको छनौट हुने थापाको भनाई थियो । उनले नयाँ संरचना अनुसार जिल्ला कै नामबाट क्लवको स्थापना गरि प्रतिस्पर्धामा भागलिनु पर्ने बताए । ९ जिल्लाबाट ६ वटा टिम राष्ट्रिय लिगका लागी छनोट हुने छन् ।

उनले लिग विजेताले एक करोड पुरस्कार पाउने छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ६ करोड खर्च लाग्ने छ । पुरस्कार मानै करिब २ करोड ५० लाख खर्च हुने थापाले बताए । नयाँ संरचनाका बारेमा बुझाउन पोखरामा आज उद्योगपति सुर्य बहादुर केसी सगँ भेटघाट गरेका छन् भने भोली पोखराका व्यवसायी सगँ छलफलको कार्यक्रम राखेको थापाले बताए । मोफसलको फुटबल र आर्थिक विकासका लागी होमएनअवय अनुसार प्रतियोगिता सन्चालन गर्न लागेको उनको भनाई थियो ।

उनले विदेशमा पनि होमएनअवय अनुसार नै फुटबल प्रतियोतिगा हुने गरेको बताउदै त्यसो नगरेमा फुटबलको विकास नहुने देखे पछि काम थालेको बताए । नयाँ संरचना अनुसार भदौ वा असोजबाट खेल शुरु हुने र हप्तामा दुई दिन मात्रै खेल हुने बताए । उनले एन्फामा रहेको विवादका विषयमा आफु विधान अनुसार नै चलेको बताए । कार्यक्रमा उद्योगपति सुर्य बहादुर केसीले फुटबलको विकासका लागी सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: