सहारा एकेडेमीका बालकहरुलाई कुमुदिनी होम्सद्वारा शैक्षिक सामाग्री सहयोग

Share:

पोखरा, १८ वैशाख । पोखराको गौह्रापाटनमा रहेको कुमुदीनि होम्स उच्च माविका बिद्यार्थीहरुले सहारा एकेडेमीका वालकहरुलाई शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेका छन् । बिद्यालयमा रहेका १ हजार ५ सय बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै विहिबार पोखरा–१७ दोभिल्लामा रहेको सहारा एकेडेमिको अवलोकन गर्दै बिद्यार्थीहरुले उनीहरुलाई एक बर्षसम्मको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन ।

बिद्यालयका छात्र तथा छात्राहरुले एकेडेमिका वालकहरुलाई अध्ययनको लागि आवश्यक पर्ने कापी, कलम लगायतका शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष असोक पालिखेले आफ्ना बिद्यालयका बिद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा अग्रसर गराउन पनि उनीहरुबाट संकलन गरीएको शैक्षिक सामाग्रि हस्तान्तरण गरीएको बताए । उनले आफ्नो बिद्यालयले सहारा एकेडेमीलाई विगतका बर्षदेखि सहयोग गर्दै आएको बताउदै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने वचन दिए ।

दोविल्लामा आफ्नै भवनमा हालै २ करोडको लागतमा हालै संचालनमा आएको सहारा एकेडेमिमा आगामी यसै शैक्षिक सत्र २०७१ देखि थप १३ जना वालकहरु राखिने भएको छ । कठिन परिस्थिति एवं विपन्न वर्गको वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १० जिल्लाका १७ जना वालकहरु रहेकोमा उक्त एकेडेमीमा ३० जनाको क्षेमता भएकोले पनि १३ जना थप वालकहरु खोजि गर्न लागिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । आफ्नै खेल मैदान र आवास गृहमा राखि उचित शिक्षा प्रदान गर्दै भविष्यमा सक्षम नागरिक एवं दक्ष फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्यले एकेडेमि संचालन गरेको बताएका क्लवका अध्यक्ष आचार्यले भर्ना हुन इच्छुक बालक वा निज आश्रित संघ संस्था, छरछिमेकीहरुले आवेदन दिनु हुन आग्रह गरेका छन ।

दाताको सहयोगले क्लवको यात्रा यहाँसम्म आएकोमा खुसि व्यक्त गर्दै महासचिव केशवबादुर थापाले क्लवले एकेडेमिलाई दिगो रुपमा संचालन गर्न अक्षयकोष स्थापना गर्न सुरुवात गरीएको बताए।

गोलनेपाल डटकम

कमेन्ट गर्नुहोस्
Share: