राजेश हमाल र रमेश खरेलबीच भिन्नता हुन पर्छ: महेश बस्नेत

Share:

पोखरा, जेठ १८ / युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेता, अभिनेता, कर्मचारी र प्रहरीमा जनताले भेद छुट्याउन नसकिने अवस्था सिर्जना भएकोमा दुःख व्यक्त गरेका छन् । सबै जना सेलिब्रेटी बन्न खोजेको प्रसंग जोड्दै उनले अगाडी भने,“राजेश हमाल र रमेश खरेलको भूमिका एउटै हुन सक्दैन ।”

आइतबार पोखरा विश्वविद्यालयमा आयोजित अनेरास्ववियुको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलिय भागवण्डाका कारण विश्वविद्यालयहरु धरासायी बन्दै गएको बताए ।

कार्यक्रममा बोल्दै विशेष अतिथी अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष ऐन महरले शैक्षिक बरोजगारहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी ऋण उपलब्ध गराउन छिट्टै अनेरास्ववियुले आन्दोलन गर्न लागेको बताए । कार्यक्रममा अनेरास्ववियु विदेश विभाग प्रमुख अमृता बराल, गण्डकी अञ्चल सह ईञ्चार्ज नरेश रोकाया र राष्ट्रिय परिषद सदस्य सृष्टी रेग्मीले पनि आफ्नो धारणा राखेका थिए ।

पोखरा विश्वविद्यालयको विभिन्न केन्द्रीय आंगिक कलेजहरुमा अध्ययनरत करिब २०० जना भन्दा बढि अनेरास्ववियु सम्बद्ध नेता कार्यकर्ताहरुको उपस्थिती रहेको उक्त भेलाले पोखरा विश्वविद्यालयको अस्तव्यस्तालाई अन्त्य गर्नका लागि अनेरास्ववियुले आन्दोलन शुरु गर्ने निर्णय गरिएको अनेरास्ववियु स्कुल अफ डेभेलपमेन्ट एण्ड सोसियल इन्जिनियरीङका अध्यक्ष रविन्द्र आचार्यले बताए ।

कार्यक्रम स्कुल अफ इन्जिनियरीङ क्याम्पस कमिटीका अध्यक्ष सुनिल तिमिल्सेनाको अध्यक्षता, पोविवि गण्डकी अञ्चल संयोजक नेशन शर्माको स्वागत मन्तव्य तथा अनेरास्ववियु पोविवि केन्द्रिय कमिटी सचिव सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: