
५ औँ बिग आइकन २०१४ को होटेल पार्टनरको रुपमा यो वर्ष पनि होटल बाराही लेकसाइड आबद्ध भएको छ । बिग आइकनमा सो होटलले चौथो पटक यसरी सहभागिता जनाएको हो ।
होटेल बाराहीका अपरेसन म्यानेजर बुद्धिमान शर्मा र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही होटेलमा शनिबार सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो । बिग आइकनको बढ्दो लोकप्रियता र नयाँ प्रतिभाहरुलाई मञ्च प्रदान गर्ने सामाजिक उत्तरदायित्वको भावना महशुस गरेर नै बिग एफ एम सँगको सहकार्यलाई यसरी प्रत्येक वर्ष निरन्तरता दिइएको होटल बराहीका अपरेसन म्यानेजर शर्माले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
