माधब पनेरु पोखरा, असार ७ / पोखराको मणिपाल शिक्षण अस्पतालले सुत्केरी सिता गिरीको मृत्युको कारण दिन नसकेपछि मृतकका आफन्त थप आक्रोशित भएका छन् ।
अस्पतालको लापरबाहीकै कारण शुक्रबार सिताको मृत्यु भएको भन्दै आफन्तले छानविनको माग गरेपछि अस्पतालले घटनाको वास्तविक विवरण र मृत्यु हुनुको कारण शनिबार सार्वजनिक गर्ने भन्दै अन्तरिक समिति गठन गरेको थियो ।
तर अस्पतालले सत्यतथ्य सार्वजनिक नगरेपछि मृतकका आफन्त थप आक्रोसित बनेका हुन् । उनीहरुले शान्तिपूर्णरुपमा आफ्ना कुरा राख्दा अस्पतालले बेवास्ता गरेकाले अव कडा रुपमा प्रस्तुत हुने जनाएका छन् । आफन्तले आईताबारदेखि मणिपाल अस्पतालका इमर्जेन्सी बाहेकका सम्पुर्ण सम्पुर्ण सेवा ठप्प पार्ने वताएका छ्न् ।
पीडित पक्ष र प्रसाशनबीच शनिबार दिउसो ३ बजे भएको वार्तामा मणिपालले मृत्यूको कारण दिन नसकेको वार्ता संयोजक तथा दशनामी समाज कास्कीका अध्यक्ष रमेश गिरीले बताए ।
गिरीले भने,‘ न त मृत्यूको कारण नै भन्छन न त आफ्नो गल्ती नै स्वीकार गर्छन्, कस्तो गैरजिम्मेवारी प्रशासन रहेछ । अव यसरी अस्पतालले सुनुवाई नगरेपछि हामीले अस्पताल ठप्प गर्नुको विकल्प रहेन, आईतबारदेखी मणिपाल बन्द गछौ ।’
आफ्नो आन्तरिक रिपोटमा अस्पतालको कुनै गल्ती नरहेको अस्पतालका सुपरीटेन्डेन्ट पिके चक्रवतीले दावि गर्छन् । उनले भने,‘ हाम्रो अस्पतालको गल्ती छैन पीडीतहरुले अन्य न्यायका बाटोहरु अपनाउन सक्छन । ’ दोषिलाई कार्वाही गर भन्दै पीडीत पक्षले शनिबार अस्पताल परिसरमा नारावाजी गरेका थिए । पोखरा–१० काजीपोखरीकी सीता गिरीको शुक्रबार बिहान ज्यान गएको हो ।
बिहीबार बिहान साढे ९ बजे अप्रेसन गरेर उनको बच्चा सकशुल निकालिएको थियो । सितालाई पोस्ट अपरेटिभ वार्डबाट शुक्रबार १० बजे जनरल वार्डमा सारिएको थियो । तर सुत्केरी सिताले मुटु दुखेछ भन्दा भन्दै जवरस्ती जनरल बार्डमा सारिएको उनकी भाउजु मेनुका गिरीले बताइन् । उनले भनिन,‘ नानिले मुटु दुख्यो मलाई सास फेर्न गाह्रो भो भन्दा पनि त्यहाँ आएका नर्सले वास्ता गरेनन् ।’
यसैबीच, अस्पतालको लापरवाहीका कारण सुत्केरी सिता गिरीको मृत्यू भएको भन्दै नारावजी गर्ने क्रममा कास्की प्रहरीले पिडीत पक्षमाथी लाठि चार्ज गरेको आरोप लगाएका छन् । सान्ती पूर्वक आफ्नो माग राख्दा समेत आफूहरुलाई प्रहरीले लाठी चार्ज गरेको उनीहरुले बताएका छन् ।
