पेनाल्टीमा ब्राजिलसँग चिली स्तव्ध, कोलम्बिया पहिलोपटक क्वाटरफाइनलमा

Share:

काठमाडौं, असार १५– जारी विश्वकप फुटबल अन्तरगत नकआउट चरणको खेलमा ब्राजिलसँग चिलि पेनाल्टी सुटआउटमा स्तब्ध भएको छ ।
पेनाल्टी सुटआउटमा ब्राजिलले चिलीलाई ३–२ ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलको जितका लागि ब्राजीली किपर नायक बने । उनले चिलीको तीन पेनाल्टी प्रहार रोक्न सफल भए । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुबै पक्षबाट बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको १८ औं मिनेटमा ब्राजिलका डेभिड लुइजले टोलीलाई अग्रता दिलाए । तर, चिलिका एलेक्सिसले बराबरी थोल गरे । त्यसपछि दुबै निर्धारित र अतिरिक्त समयमा थप थोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलको कयौं प्रहार चिलिका गोल रक्षकले बचाउ गरेका थिए । यद्यपी पेनाल्टी सुट आउटमा भने उनी चुके ।
खेल अवधिमा ब्राजिलले एकपछि अर्को २३ प्रहार चिलिको पोष्टमा प्रहार गरेपनि गोल रक्षकको प्रशंसनीय खेल खेल्दै गोल हुनबाट बचाएका थिए ।
पेनाल्टी सुट आउटमा ब्राजिलका डेभिडले अग्रता लिए भने दोस्रो गोल मार्सेलो र नेयमारले निर्णयक गोल गरे ।

यता चिलिका डाइज र एलेक्सिसले गोल गरेपनि अन्य प्रहार भने ब्राजिलका गोल रक्षक जुलियोले बचाउ गरे ।
अन्तिम आठमा पुगेको खुसीयाली ब्राजिका समर्थक, खेलाडी तथा अफिसियलले मनाइँरहँदा चिलिका खेलाडी भने मैदानमै भक्कानिएका थिए ।
खेलपछि ब्राजिलका गोलरक्षक जुलियो म्यान अफ दि म्याच भए ।

कोलम्बिया पहिलोपटक क्वाटरफाइनलमा, उरुग्वेलाई सुआरेको अभाव

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया पहिलोपटक विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई २-० ले हराउँदै कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

कोलम्बियालाई क्वाटरफाइनलमा पुर्‍याउन जेम्स रोड्रिग्वेज एक्लैले २ गोल गरे उनले २८ औं र ५० औं मिनेटमा गोल गरे ।रोड्रिगेज जारी विश्वकपको शीर्ष गोलकर्ता बनेका छन् । २२ वर्षका रोड्रिगेजले जारी विश्वकपको ४ खेलमा अहिलेसम्म ५ गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अर्जेन्टिनाका लियोनेल मेसी, ब्राजिलका नेमार र जर्मनीको थोमस मुलरले भने चारचार गोल गरेका छन् ।

प्रतिबन्धका कारण स्ट्राइकर लुइस सुआरेजबिनै मैदान उत्रेको उरुग्वे निकै दवावमा देखिन्थ्यो । खेल अवधिभर सुवारेजको अभाव देखिन्थ्यो उरुग्वेलाई । उरुग्वेका लागि डिएगो फोर्लान र एडिन्सन काबानीले सुवारेजको अभावलाई पुरा गर्न सकेनन् । सुआरेज समुह चरण्को अन्तिम इटाली विरुद्धको खेलमा खेलाडीलाई टोकेपछि प्रतिबन्धमा परेका छन् ।

समूह् चरणको पहिलो खेलमा पनि सुआरेज बिना मैदान उत्रिँदा उरुग्वे कोष्टारिकासँग पराजित भएको थियो । घरेलु टोली ब्राजिललाई हराउँदै  सन् १९५० को विश्वकप समेत जितेको उरुग्वे यसपटक अन्तिम १६ बाटै बाहिरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: