चलचित्र विकास बोर्डले बर्ष २०६७ देखि बर्ष २०७० सम्मलाई समेटेर विभिन्न विधामा ‘राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ । आज राष्ट्रपति कार्यलय शितल निवासमा आयोजना भएको एक कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।
राष्ट्रपति डाक्टर रामवरण यादवले पुरस्कृत चलचित्रकर्मीलाई ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले चलचित्र क्षेत्र र यसको निर्माण आफ्नो वुता भन्दा बाहिरको रहेको बताए ।
उनले चलचित्रकर्मीलाई देश परिवर्तनको बाहक तपाइहरु रहनु भएको भन्दै आफ्नो जिम्मेवारीलाई सही तरिकाले पुरा गर्न आग्रह समेत गरे । कार्यक्रममा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा २ सय भन्दा बढी चलचित्रकर्मीको उपस्थिती थियो । लामो समयदेखि अवार्ड वितरण गर्ने भनिएतापनि राष्ट्रपतीले समय नदिदा पछि सरेको थियो । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी यादव खरेललाई ‘चलचित्र दिर्घ सम्मान २०७०’ बाट सम्मानित गरियो । नगद ३ लाख ५१ हजार सहित उनलाई सम्मान गरिएको हो ।
चलचित्र विकास बोर्डले वितरण गरेको ‘राष्ट्रिय पुरस्कार’का विभिन्न विधामा पुरस्कृत चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ ।
राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल
२. सर्वोत्कृष्ट कला निर्देशन : निर्जल श्रेष्ठ
३. सर्वोत्कृष्ट पटकथा : सुरज सुब्बा नाल्बो
४. सर्वोत्कृष्ट छायांकन : संजय लामा
५. सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल
६. सर्वोत्कृष्ट अभिनेत्री : रेखा थापा
७. सर्वोत्कृष्ट निर्देशन : सुरज सुब्बा नाल्बो
८. सर्वोत्कृष्ट चलचित्र : बाटो मुनिको फूल
राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : योगेन्द्र श्रेष्ठ
३. सर्वोत्कृष्ट पटकथा : कर्ण शाक्य
४. सर्वोत्कृष्ट छायांकन : बिष्णुकल्पित घिमिरे
५. सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल
६. सर्वोत्कृष्ट अभिनेत्री : नीता ढुंगाना
७. सर्वोत्कृष्ट निर्देशन : उज्वल घिमिरे
८. सर्वोत्कृष्ट चलचित्र : मसान
राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन : बनिष शाह
२. सर्वोत्कृष्ट श्रृङ्गार : नीमा लामा
३. सर्वोत्कृष्ट पटकथा : देव नेपाल
४. सर्वोत्कृष्ट गायन : रजिना रिमाल
५. सर्वोत्कृष्ट छायांकन : पुरुषोत्तम प्रधान
६. सर्वोत्कृष्ट अभिनेता : विल्सन विक्रम राई
७. सर्वोत्कृष्ट अभिनेत्री : झरना थापा
८. सर्वोत्कृष्ट निर्देशन : दिनेश डीसी
९. सर्वोत्कृष्ट चलचित्र : नोटबुक
१०. सांकृतिक चलचित्र पुरस्कार : सुम्निमा
राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन : लोकेश बज्रचार्य
२. सर्वोत्कृष्ट छायांकन : गौरिशंकर धजु
३. सर्वोत्कृष्ट गीत लेखन : डाक्टर कृष्णहरी बराल
४. सर्वोत्कृष्ट पटकथा : विनोद पौडेल
५. सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त
६. सर्वोत्कृष्ट अभिनेता : शुशांक मैनाली
७. सर्वोत्कृष्ट निर्देशन : दीपा बस्नेत
८. सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा
९. सर्वोत्कृष्ट चलचित्र : साघुरो
Source: Onlinekhabar.com
