
रेम बिक पोखरा, १८ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको दोस्रो दिनको अडिसनमार्फत ४० जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् । पहिलो चरणको अडिसनको दोस्रो दिन २ सय ८० जनाले सहभागिता जनाएका थिए । दुई दिनसम्म गरेर कुल ९१ जना प्रतिस्पर्धीहरु दोस्रो चरण प्रवेश गरे । दुईदिनसम्म ५ सय १२ जना प्रतिस्पर्धीहरुले अडिसनमा सहभागिता जनाईसकेका छन् ।
विग आईकनको यो सँस्करणमा ५० जिल्लाका ८ सय ९० जना गायन प्रतिभाहरुले सहभागिता जनाउने एफएमले जनाएको छ । पोखराको न्यूरोड स्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा मंगलबारदेखि पहिलो चरणको अडिसन शुरु भएको हो । पहिलो चरणको अडिसन चार दिनको हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । प्रतियोगिताको निर्णायकमा पोखराका अग्रज संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा रहेका छन् ।
यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ मोटरसाईकल प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर पाउनेछन् । यस्तै सेकेन्ड हुने प्रतिभाले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
दुई महिनासम्म चल्ने ईभेन्टलाई सामसुङ ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
