नारायणकाजीलाई हप्काउँदा माइक्रो सहचालक प्रहरी खोरमा

Share:

२३ असार काठमाडौं । तपाई सार्वजनिक माइक्रो बसमा चढ्नुभएको छ र कुनै विषयमा चित्त बुझेन भने सहचालकको जवाफ पाउनुहुन्छ, ‘त्यस्तो सुविधा चाहिने भए आफ्नै गाडीमा जाऊ । होइन भने ट्याक्सीमा जाऊ ।’

निजी गाडी छाडेर सार्वजनिक सवारी साधनमा हिँड्न थालेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आइतबार यस्तै जवाफ भेटाए, ‘चित्त नबुझ्नेले ट्याक्सीमा गए हुन्छ ।’ माइतिघरबाट माइक्रो बस चढेर लगनखेलतर्फ लागेका श्रेष्ठले बा २ ख २१७२ नम्बरको माइक्रो बसका सहचालकबाट खप्की खाएपछि १५ वषर्ीय देवेन्द्र कार्कीलाई सातदोबाटो प्रहरी चौकीमा थुनाएका छन् । तर, उनलाई सम्झाएर छाडिदिनू भनेर आफूले प्रहरीलाई सुझाव दिएको श्रेष्ठ बताउँछन् ।

यात्रुमाथि सार्वजनिक यातायताका साधनमा दुर्व्यवहार हुने गरेको भन्दै नेता श्रेष्ठले ट्राफिक प्रहरी कार्यालयका डीआइजी र सडक विभागका महानिर्देशकलाई छलफलका लागि मंगलबार आफ्नो निवासमा बोलाएका छन् ।

‘नरोक्नुपर्ने ठाउँमा गाडी रोक्ने, यात्रुहरुलाई दुव्र्यवहार गर्ने र हप्काउने क्रम बढेकाले यस विषयमा छलफल गर्न उहाँहरुलाई बोलाएको हुँ, श्रेष्ठले भने- ‘सार्वजनिक यातायातमा भइरहेको बेथितिबारे सरकारले चासो दिनुपर्छ ।’

News Source: Onlinekhabar

कमेन्ट गर्नुहोस्
Share: