सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट २५ छनौट

Share:

रेम बिक पोखरा, २९ असार । छैठौँ चरणसम्म आईपुग्दा सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट २५ जना प्रतिस्पर्धीहरु बचेका छन् । आईतबार भएको उत्कृष्ट ३० प्रतिस्पर्धीहरुको प्रतिस्पर्धाबाट पाँच जना एलिमिनेट भएपछि प्रतिस्पर्धीहरु २५ जनामा सिमित भएका हुन् ।

आईतबार भएको संगीत राउण्डको अडिसनपछि नेहा अधिकारी, विमल तामाङ, कुशल भुजेल, मृगेन्द्रमान कर्माचार्य र सुमेन्द्र थकाली बाहिरिएका हुन् । प्रतिभाहरुको प्रस्तुतीका आधारमा निर्णायकहरुले निर्णय गरेका थिए । अहिले छनौट भएका २५ प्रतिस्पर्धीहरु अर्को चरणमा उत्कृष्ट २० का लागि प्रतिस्पर्धा गर्ने एफएमले जनाएको छ ।

विग आईकनको पहिलो चरणको अडिसनमा ५० जिल्लाका ८ सय ९० प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । विजेता बन्नका लागि प्रतिस्पर्धीहरुले १९ वटा चरण पार गर्दै सम्पूर्ण सहभागीहरुलाई पछाडि पार्नुपर्नेछ ।

नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: