पोखरा ३२ असार । काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा एमालेको नयाँ नेतृत्वका लागी मतगणना भेैरहेको थियो ।शिर्ष नेतादेखि सामान्य कार्यकतालाई मतपरिणामा सुन्ने हतारो । तर एमालेकै बाहलवाला मन्त्रीलाई भने मंगलवारनै आफनै दोस्रो विवाहको चटारो । केपी ओली पक्षका हस्तीका रुपमा चिनिएका कास्कीका खगराज अधिकारीले पार्टीको नयाँ नेतृत्व चयनसँगेै दोस्रो विवाह गरेका छन् ।
नेकपा एमालेका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिली श्रीमती इन्द्रकला बरालसंग सम्वन्ध विच्छेद गरेको एक वर्ष नवित्दै दोस्रो विवाह गरेका हुन् । अधिकारीले मंगलबार ४० वर्षिय रमा पाण्डेलाई आफनो जिवनसंगनीको रुपमा काठमाडौ ललितपुर पुल्चोकस्थित मन्त्री निवास भित्राएका छन् । पाण्डे अविवाहित थिइन । असार १८ गते पाण्डेसँग कोट म्यारिज गरेका अधिकारीले मंगलबार विधिवत रुपमा घर भित्राएका हुन्् । ललिपुर स्थित एक सरकारी विद्यालयमा मावि तहकी शिक्षिका रहेकी पाण्डेसंग अधिकारीले विवाह गरेका हुन ।
मन्त्री अधिकारीको विवाहको लमिको काम पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका पूर्व मेडिकसुपरिटेण्डेन्ट डा. कालु शर्माले गरेका थिए । पाण्डे डा.शर्माकी आफन्त पर्ने स्रोतले जनाएको छ । मंगलबार काठमाडौमा मन्त्रि अधिकारीले मंगलबार आफना परिवारका सदस्य र नजिकका मान्छेहरुको उपस्थितिमा विवाह गरेका हुन् । उनले पाण्डेको सिउदोमा सुन्दीर र हातमा औठौ लगाइदिएका थिए । अधिकारीको विवाहमा उनीक छोरी पनि सहभागी भइन् ।
विवाहमा एमालेका शिर्ष नेताहरुको समेत सहभागीता रहेको थियो । निर्वतमान पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी लगायतको उपस्थिति रहेको स्रोतले जानकारी दियो । काठमाडौमा विवाहमा सहभागी हुन अधिकारीको घर कास्कीको लेखनाथबाट आफन्त काठमाडौ गएका थिए । अधिकारीले पहिली श्रीमति इन्द्रकला बरालसंग वि.सं. २०७० भदौमा सम्वन्ध विच्छेद गरेका थिए । पहिली श्रीमति बरालबाट एक छोरीको छन् । सम्वन्ध विच्छेदका क्रममा छोरीले बाबुसंग बस्ने इच्छा देखाएपछि उनी अधिकारीसंगै रहेकी छन् । मन्त्री अधिकारीले लेखेर हालै प्रकाशित उनको पुस्तकमा पहिलाकी श्रीमतीको अर्कै युवकसँग प्रेम संबन्ध भएकाले आफ्नो वैवाहिक जिवन सफल हुन नसकेको कुरा उल्लेख गरेका छन् ।
Source: safalnews.com, Photo: Tribhuwan Paudel
